• होमपेज
  • वाणिज्य बैंक
  • ‘विश्व वित्तीय सप्ताह २०२१’मा लक्ष्मी बैंकले गर्यो विभिन्न कार्यक्रम

‘विश्व वित्तीय सप्ताह २०२१’मा लक्ष्मी बैंकले गर्यो विभिन्न कार्यक्रम

  • सोमवार, चैत्र १६, २०७७
‘विश्व वित्तीय सप्ताह २०२१’मा लक्ष्मी बैंकले गर्यो विभिन्न कार्यक्रम

विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो ।

यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्नेे उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिंङ्गको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो ।

यसैगरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्घि सम्वन्धी वृत्तचित्र “समृद्घिको अभियान, लक्ष्य वित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो । विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पॉचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रति क्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैंकले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार