• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंक ताप्लेजुङ्गको लेलेपमा

सनराइज बैंक ताप्लेजुङ्गको लेलेपमा

  • मङ्लबार, चैत्र १७, २०७७
सनराइज बैंक ताप्लेजुङ्गको लेलेपमा

सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं।–६, लेलेप, ताप्लेजुङ्गमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको छ । बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं।–६, लेलेप, ताप्लेजुङ्गमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा श्रीमती फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ ।

आइतबार शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा फक्ताङलुङ गाउँ कार्यपालिकाका सदस्य पेम्बा फुटी शेर्पा, साविक लेलेप गा।वि।स।का पुर्व गा।वि।स। अध्यक्ष ग्याजो भोटिया, निर्माण व्यवसायी तथा समाजसेवी जस बहादुर चेम्जोङ, स्थानिय व्यवसायी तथा समाजसेवी पेम्बा छिरीङ शेर्पा समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सन्राइज बैंक लि। फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुब प्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टि।एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ७२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए।टि।एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने