• होमपेज
  • विकास बैंक
  • ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्युआर कोडबाट भुक्तानी

ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्युआर कोडबाट भुक्तानी

  • बिहिबार, चैत्र १२, २०७७
ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्युआर कोडबाट भुक्तानी

ज्योति विकास बैंकले यहि बिहिबार रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ। अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी क्युआर कोड वितरण गरिएको हो ।

बिहीबार आयोजित क्युआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख श्री कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्युआर कोड हस्तारन्तरण गरिएको हो ।

क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइल बाट क्यु।आर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।

क्यु।आर कोड सेवा बाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल,सहज र सुरक्षित भुक्तानी लगायतका थुप्रै सुविधाहरु प्राप्त हुने छ।

बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथै बैंकले डिजिटल बैंकिंगलाई  थप प्रर्वद्धन र देशभरी नै क्यु।आर कोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिवद्वता व्यक्त गरेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३९ अर्ब लगानी गर्न सफल भएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि