• होमपेज
  • फिचर
  • कहिले घट्ला कर्जाकाे ब्याज ?

कहिले घट्ला कर्जाकाे ब्याज ?

  • मङ्लबार, असार २३, २०७७
कहिले घट्ला कर्जाकाे ब्याज ?

लगानीयोग्य पुँजी (तरलता) बढ्न थालेपछि वाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाउन थालेका छन् । नयाँ आर्थिक वर्ष लाग्नै लाग्दा बैंक तथा वित्तीय संस्थाहरूले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेका छन्। लकडाउनपछि बैंकमा डिपोजिट बढ्दै गएको र कर्जा प्रवाहमा खासै गति नदेखिएका कारणले बैंक तथा वित्तीय संस्थाले विशेषत निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।

एनआईसी एशिया बैंकले असार १८ देखि र मेगा बैंकले हिजो २१ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेका छन् । एनआईसी एशिया बैंकले २.२५ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म बचत खाताको निक्षेपमा ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा ८.२५ प्रतिशतसम्ममात्रै ब्याजदर निर्धारण गरेको छ । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक सबै प्रकारका मुद्दती खातामा ८.२५ प्रतिशत ब्याजदिने तयारी निर्णय गरेको हो ।

बैंकले एक लाखदेखि दुई लाखसम्मको मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर तोकेको छ भने शुन्य ब्यालेन्सदेखि ५० हजारसम्मको विभिन्न बचत खातामा २.५ प्रतिशतमात्रै ब्याजदर तोकेको छ । न्यू प्रिमियम चमत्कारिक सिल्भर, गोल्ड तथा डाइमण्ड खातामा ४.५० प्रतिशत ब्याज दिने निर्णय गरेको छ । साथै, बैंकहरू वैदेशिक मुद्राको  निक्षेपको समेत ब्याजदर तोकेको छ ।

एनआईसी एशिया बैंकले सबै प्रकारका लोनहरू ५ प्रतिशतमा दिने भएको छ । बैंकले अटो लोन, ५ प्रतिशतमा दिने भएको छ ।
त्यस्तै कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर ब्याज लिईने बैंकले जनाएको छ  । जेठ महिनामा बैंकको बेस रेट ८.२२ प्रतिशत रहेको छ  ।

त्यस्तै, मेगा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार २१ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जा तर्फ कै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सेभिङतर्फ अधिकतम ५.५० प्रतिशत र मुद्दतीतर्फ अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ  । मेगा बैंकले व्यक्तिगत निक्षेपमा ८.२५ प्रतिशत र संस्थागत निक्षेपमा ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर ब्याज लिईने बैंकले जनाएको छ  । जेठ महिनामा बैंकको बेस रेट ८.९८ प्रतिशत रहेको छ ।

नेपाल बैंकले ३ प्रतिशतदेखि बचत खाताको लागि ३ देखि ५ प्रतिशत र मुद्दती निक्षेपमा समय र निक्षेपको आधारमा ६.६० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।  नबिल बैंकले पनि  बचतमा ३ प्रतिशतदेखि बढीमा ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८.२५ प्रतिशतसम्म ब्याज दिने गरेको छ ।

राष्ट्र बैंकले जेठ महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेपको औसत ब्याजदर ६.१७ प्रतिशत रहेको तथ्यांक प्रकाशित गरेको छ । बैंककाअनुसार बचत निक्षेप खाताको औसत ब्याजदर ४.१९ प्रतिशत र मुद्दती निक्षेपमा ९.२६ प्रतिशत र कल डिपोजिटमा २.७६ प्रतिशत रहेको छ ।

त्यस्तै, कर्जाका औसते ब्याजदर भने १०.४३ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार