• होमपेज
  • समाचार
  • प्रधानमन्त्री केपी ओलीको मन जित्नेनै नेपाल प्रहरीको २८ औँ आईजीपी

प्रधानमन्त्री केपी ओलीको मन जित्नेनै नेपाल प्रहरीको २८ औँ आईजीपी

  • मङ्लबार, असार २३, २०७७
प्रधानमन्त्री केपी ओलीको मन जित्नेनै नेपाल प्रहरीको २८ औँ आईजीपी

नेपाल प्रहरी संगठन नयाँ नेतृत्वको पर्खाइमा छ । नेपाल प्रहरीले नयाँ संगठन प्रमुख अर्थात प्रहरी महानिरीक्षक (आईजीपी) पाउने छ । सम्वतः मन्त्री परिषद्को आजको बैंठकले आईजीपी तोक्ने छ । आईजीपी ठाकुर ज्ञवालीले असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउनेछन् ।

हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । यी तीनमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका भएकाले उनले पनि सेवा हदका कारण असार २४ मा अनिवार्य अवकास हुनेछ । त्यसपछि एआईजीद्धय क्षेत्री र पालमध्येबाट एक जनाले उक्त अवधिपछि प्रहरीको नेतृत्व गर्नेछन् ।

लम्साल समेत आइजीपीसँगै अवकास पाउने भएपछि वरिष्ठताका हिसावले थापा अगाडि छन् । चार वर्ष यता प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा यसपटक एआईजीबाट आईजीपीमा बढुवा हुने अवसर मिलेको छ । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआइजीको अनुभव हासिल गर्न पाएनन् ।

उनीहरु डिआईजीकै अनुभवमा आईजीपीको नेतृत्व पाउने भाग्यमानी हुन् ।  २०७० मंसिरमा आईजीपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिनमात्रै एआईजीको जिम्मेवारी पाए ।

त्यसपछि प्रहरीको २५ औं महानिरीक्षक बनेका प्रकाश अर्याल डिआईजीबाट सिधै आईजीपी बनेका हुन् । आईजीपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिनासम्म डिआईजीको जिम्मेवारी सम्हालेका थिए ।
आईजीपीमा प्रतिस्पर्धाको लागि पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल र जयबहादुर चन्दको कडा टक्कर भयो ।

सरकारले चन्दलाई आईजीपी नियुक्ती सिफारिस गरेसँगै सिलवाल अदालतको ढोका ढक्ढक्याउन पुगे । अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय प्रक्रियामा त्रुटि देखाइयो ।

त्यसको फाइदा प्रकाश अर्याललाई बन्यो । उनी आईजीपी बने । आईजीपी छनोटको इतिहास हेर्दा  प्रकाश अर्यालको समयमा बढि प्रतिस्पर्धा देखियो । त्यस्तै प्रतिस्पर्धा कुवेरसिंह राना आईजीपी बन्ने समयमा पनि भएको थियो । रानासँगै प्रतिस्पर्धामा एआईजीद्धय नवराज ढकाल र भिष्म प्रसाई थिए ।

त्यस्तै २६ औँ महानिरीक्षक बन्नका लागि तत्कालीन डिआइजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेलबीच कडा टक्कर थियो । तर डिआईजीमा आफूभन्दा कनिष्ट रहेका खनाललाई सरकारले आईजीपी बनाएपछि खरेलले राजीनामा दिए ।

प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षक (आईजीपी)मा एआईजीबाट वा एआईजी नभएको अवस्थामा डीआईजीबाट बढुवा गर्न सकिने प्रहरी नियमावलीमा उल्लेख छ । आईजीपी पद रिक्त रहँदा संगठनको दोस्रो दर्जामा दुई वरिष्ठ अधिकृत कायमै रहनेछन् ।

त्यसैले एआईजीद्वय क्षेत्री र पालमध्ये एक जनाले प्रहरी संगठनको नेतृत्व सम्हाल्न पाउनेछन् । यी दुई मध्ये क्षेत्री अगाडिको नम्बरमा रहेका छन् । तर पनि आइजिपीको दौडमा रहेका उनीहरु भन्छन्, हामीमध्ये जसलाई बनाए पनि हुन्छ । दुबै भन्छन्,व्यक्ति भन्दा संगठन ठूलो ।

उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुँदा दुबै जनासँगै र एउटै गाडीमा जाने गरेका छन् । बुधबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरको गेटमा नेपाल प्रहरीको दुई तारे एक गाडी रोकियो ।  बा २ झ ३३९२ नम्बरको गाडीमा सवार थिए एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल । उनीहरुले यस पटक सन्देशप्रवाह गर्ने मनसाय देखाए पनि आईजीपीका लागि भित्रभित्र निकै रस्साकस्सी चलेको हो ।
थापा र पालमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

प्रधानमन्त्री ओलीको मन जित्ने नै आईजीपी

प्रधानमन्त्री  एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीको मन जित्नेनै नेपाल प्रहरीको २८ औँ आईजीपी हुनेछन् । थापा र पालले शक्ती संघर्ष नगर्ने बताए पनि भित्र(भित्रै दौडधुप चर्काएका छन् । दुबैले नेकपाका नेताहरुसँग छुट्टाछुट्टै भेटघाटलाई बाक्लो बनाएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली सम्म पुग्न दुबैले छुट्टाछुट्टै नेताहरुको प्रयोग गरेको स्रोतले जनाएको छ । दुबैले समुह नै बनाएर सक्रियता बढाएका छन् ।

‘सत्ताधारी पार्टीका अर्का अध्यक्ष प्रचण्ड भन्दा यस पटक प्रधानमन्त्री ओलीलाई नै रिझाउन पर्ने भएकाले दुबैले वालुबाटारमा एक्सेस बढाएका हुन् । थापा र पालमध्ये ओलीको मन जित्नेनै २८ औं आईजीपी बन्ने निश्चित छ ।’थापालाई बालुवाटार अर्थात प्रधानमन्त्री ओलीको साथ रहेकाले उनी नै आइजीपी बन्ने निश्चित प्राय छ ।

पाललाई भने खुमलटार अर्थात प्रचण्ड लगायत केही पुर्व एमालेहरुले बोकेको चर्चा छ ।  आईजीपीको बढुवाका लागि गृहमन्त्रालयले मन्त्रिपरिषद्मा ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर आईजीपी बनाउनका लागि योग्य उम्मेदवारको नाम सिफारिस गर्छ ।

मन्त्रिपरिषदको निर्णयले मात्र प्रहरी महानिरीक्षक   (आईजीपी) तोक्ने कानूनी प्रावधान छ । गृहमन्त्री रामबहादुर थापा समेत ओली कित्तामा रहेकाले प्रधानमन्त्री ओलीको हात माथी रहेको गृह स्रोतले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि