• होमपेज
  • समाचार
  • महाशिवरात्रिमा सवारी साधनलाई डाईभर्सन गरिने

महाशिवरात्रिमा सवारी साधनलाई डाईभर्सन गरिने

  • बिहिबार, फाल्गुन २४, २०८०
महाशिवरात्रिमा सवारी साधनलाई डाईभर्सन गरिने

महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने भएको हो ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध समेत गरे ।

१. आवश्यकताअनुसार डाईभर्सन गरिने स्थानहरु :

– चाबहिलबाट गौशालातर्फ ।
– पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।
– ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
– द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
– सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।
– लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
– तिलगंगाबाट गौशालातर्फ ।
– मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
– जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यवस्थापन र डाईभर्सन गरिने छ ।

२. मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
– कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,
– कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
– महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
– कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

३. पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु
– सिफल चौर (दर्शानार्थीहरुको)
– कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
– भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
– तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
– वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
– गुहेश्‍वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

४. जनशक्ती परिचालन
– महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
– प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
– यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यवस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।

Facebook Comments

सम्बन्धित समाचार