• होमपेज
  • सहकारी
  • उज्यालो संपद साकोसले सदस्य शिक्षा कायक्रम आयोजना गर्ने

उज्यालो संपद साकोसले सदस्य शिक्षा कायक्रम आयोजना गर्ने

  • बिहिबार, फाल्गुन २४, २०८०
उज्यालो संपद साकोसले सदस्य शिक्षा कायक्रम आयोजना गर्ने

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसको सन्दर्भमा बृहत सदस्य शिक्षा कायक्रम आयोजना गर्ने भएको छ । ‘सदस्यमैत्री–समृद्घ सहकारी’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

संस्थाको १७ आंैं स्थापना दिवसको सन्दर्भमा ललितपुरको गोदावरीमा फागुन २६ गते शनिबार बृहत सदस्य शिक्षा कायक्रम आयोजना कार्यक्रम आयोजना गरीएको संस्थाका अध्यक्ष रमेश प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो ।

सदस्य शिक्षा कार्यक्रममा सदस्यहरुलाई सहकारी सम्बन्धी जानकारी, सहकारी संस्था सञ्चालनको प्रक्रिया, विधि र यसको आवश्यकताका बारेमा जानकारी दिन उद्देयले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष तिमल्सिनाको कथन थियो । उक्त संस्थाले यस अधि पनि विभिन्न किसीमका सदस्य केन्द्रीत कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

संस्थाको केन्द्रीय कार्यालय चावहिलमा अवस्थीत छ भर्ने नारायणटार र ब्रह्मखेलमा सदस्य सेवाकेन्द्र संचालन गदै आएको छ । संस्थाको कुल सदस्य संख्या २९ सय ४५ जना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार