• होमपेज
  • बीमा
  • शिखर इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभा सम्पन्न

शिखर इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभा सम्पन्न

  • शुक्रबार, चैत्र ९, २०८०
शिखर इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभा सम्पन्न

शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको थापथलीस्थि कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु पनि सभाले अनुमोदन गरेको छ ।

सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको स्वतन्त्र सञ्चालकको नियुक्तिबारेमा बीमा ऐन २०७९ बमोजिम साधारणसभामा जानकारी गराएको छ ।

कम्पनीको मिति २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारणसभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्त गर्नेबारे सञ्चालक समितिको निर्णयलाई सभाले अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीबमोजिम संस्थापक समूह ‘क’का शेयरधनीबाट निर्वाचित हुने ३ सञ्चालक तथा सर्वसाधारण समूह ‘ख’का शेयरधनीवाट निर्वाचित हुने थप १ सञ्चालकका लागि प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक निर्वाचनसम्बन्धी निर्देशिका, २०६३ बमोजिम सभाले निर्वाचन गरेको छ ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्चहरु अनुमोदन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि