• होमपेज
  • फिचर
  • १५ नयाँ बीमा कम्पनीहरुको लाईसेन्समा फेरि तिव्र चलखेल : चुनाबी खर्च उठाउने दलहरुको बक्रदृष्टि ?

१५ नयाँ बीमा कम्पनीहरुको लाईसेन्समा फेरि तिव्र चलखेल : चुनाबी खर्च उठाउने दलहरुको बक्रदृष्टि ?

  • बिहिबार, पुस १५, २०७८
१५ नयाँ बीमा कम्पनीहरुको लाईसेन्समा फेरि तिव्र चलखेल : चुनाबी खर्च उठाउने दलहरुको बक्रदृष्टि ?

तत्कालीन बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको पालामा दर्जनौ बीमा कम्पनीहरुलाई नयाँ लाईसेन्स दिएर अर्बै कमिशन बटुलेका नेपालका ठूला दलहरु फेरि नजिकै आउन लागेको चुनावलाई मध्यनजर गर्दै फेरि नयाँ लाईसेन्स दिने चलखेल तिव्ररुपमा अगाडी बढेको भेटिएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल माथी दबाब दिँदै नयाँ बीमा कम्पनीको लाईसेन्स खुलाउन दलका नेता देखि मन्त्रीसम्म लागि परेको भेटिएको छ । तर अध्यक्ष सिलवाल यसबारेमा निर्णय नै नभएको भन्दै पन्छिदै आएका छन् । यदि दर्ता नखुलाउने भने किन प्रस्ताब दर्ता गर्ने काम बीमा समितिले गरिरहेको छ यो चाहि अब हाम्रो खोजीको विषय बनेको छ ।

बीमा समितकिा एक उच्च कर्मचारीले पंक्तिकारसंग भनेः– आजसम्म डेढ दर्जन नयाँ बीमा कम्पनीहरुले प्रस्ताव बुझाएका छन् नि । उनीकै शब्द सापटी लिने हो भने १० वटा निर्जीवन बीमा कम्पनी, ३ वटा लघुवित्त बीमा कम्पनी र ३ वटा जीवन बीमा कम्पनीले बीमा समितिमा प्रस्ताव नै दर्ता गरेको देखिन्छ भन्दा फरक पर्दैन ।

बीमा समितिले एकातिर जीवन र निर्जीवन बीमा कम्पनीहरुले पूँजी बढाउन दबाब दिने, मर्जर गर पनि भन्ने तर, भित्र भित्रै नयाँ कम्पनी दर्ताका प्रस्ताव दर्ता गर्ने यो कस्तो नियमनकारी निकाय हो ? हामाीले खोजी शुरु गरेका छौं । बीमा समितकिा एक उच्च कर्मचारीले पंक्तिकारसंग भनेः– आजसम्म डेढ दर्जन नयाँ बीमा कम्पनीहरुले प्रस्ताव बुझाएका छन् नि । उनीकै शब्द सापटी लिने हो भने १० वटा निर्जीवन बीमा कम्पनी, ३ वटा लघुवित्त बीमा कम्पनी र ३ वटा जीवन बीमा कम्पनीले बीमा समितिमा प्रस्ताव नै दर्ता गरेको देखिन्छ भन्दा फरक पर्दैन ।

नेपालमा ४१ वटा बीमा कम्पनी संचालनमा रहेका छन्। जसमा १९ वाट लाइफ, २० वटा ननलाइफ र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। जीवन बीमा कम्पनीको लागि बीमा समितिको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय हुन्छ भने निर्जीवन र लघुबीमाको लाइसेन्स दिने अधिकार बीमा समितिको संचालक समितिलाई हुने देखिन्छ ।

प्रस्ताव दर्ता गर्ने बीमा कम्पनीहरुमा निर्जीवन बीमा कम्पनीमा मुक्तिनाथ इन्स्योरेन्स, महालक्ष्मी जनरल इन्स्योरेन्स, अन्नपूर्ण जनरल इन्स्योरेन्स, रिलायवल इन्स्योरेन्स, मनकामना इन्स्योरेन्स, अभियान जनरल इन्स्योरेन्स, र उपकार जनरल इन्स्योरेन्स रहेको भेटिएको छ । लघुबीमा कम्पनीमा अभियान निर्जीवन लघुबीमा, माछापुछ्रे माइक्रो इन्स्योरेन्स कम्पनी, हव माइक्रो इन्स्योरेन्स रहेका छन् भने प्रस्तावित जीवन बीमा कम्पनीहरुमा युनी लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स र उपकार लाइफ इन्स्योरेन्स रहेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने बिषय अहिले प्रारम्भिक चरणमै रहेकाले कसको पुंजी कति हुने र कति वटा कम्पनीलाई लाइसेन्स दिने भन्ने टुंगो नलागेको भएपनि तयारी अवस्थामा रहने गरि प्रस्ताव दर्ता गरिएको देखिन्छ । हेक्का होस् । नेपालमा ४१ वटा बीमा कम्पनी संचालनमा रहेका छन्। जसमा १९ वाट लाइफ, २० वटा ननलाइफ र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। जीवन बीमा कम्पनीको लागि बीमा समितिको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय हुन्छ भने निर्जीवन र लघुबीमाको लाइसेन्स दिने अधिकार बीमा समितिको संचालक समितिलाई हुने देखिन्छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि