• होमपेज
  • फिचर
  • कुशल टिम, लक्ष्य सहितको भिजन र आक्रमक रणनीतिले एनआईसी एशिया बैंक सफलताको शिखर चुम्दै

कुशल टिम, लक्ष्य सहितको भिजन र आक्रमक रणनीतिले एनआईसी एशिया बैंक सफलताको शिखर चुम्दै

  • बिहिबार, फाल्गुन १२, २०७८
कुशल टिम, लक्ष्य सहितको भिजन र आक्रमक रणनीतिले एनआईसी एशिया बैंक सफलताको शिखर चुम्दै

‘बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि’ नारा दिएर केही वर्ष देखि आक्रमक व्यवसाय विस्तारमा आएको एनआईसी एशिया बैंक लिमिटेडले शहरहरुमा मात्र होइन गाउँ–गाउँसम्म बैंक र बैकिङ्ग के हो भन्ने कुरा बुझाउन सफल भएको छ । आजकल बैंकको शाखा विस्तारसँगै सहरदेखि दूरदारजसम्मका मानिसहरुको बैंङ्किङ व्यवहारमा परिवर्तन आएको कुरालाई नकार्न सकिदैन । कुशल टिम, लक्ष्य सहितको भिजन र आक्रमक रणनीतिले एनआईसी एशिया बैंकले नेपाली दुरदराजका जनताहरुलाई बैकिङ्ग पद्दतीमा ल्याउन अहम भूमिका खेलेको छ भन्दा अब चाहि फरक पर्दैन ।

भनिन्छ सफलता तिनीहरुले प्राप्त गर्छन्, जसले सपना देख्छन् र तिनलाई मूर्त रुप दिन निरन्तर मेहनत गर्छन् । जस्तोसुकै अप्ठ्यारो किन नहोस्, सपना देख्ने मेहनतीहरुले त्यसलाई वास्तविकतामा परिणत गरिदिन्छन् ।प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि करिब चार वर्षअघि रोशन न्यौपानेले एउटा सपना देखे, ‘एनआईसी एशिया बैँकलाई सर्वोत्कृष्ट बैँक बनाउने’ ।
गाउँ बस्तीहरुमा पनि बैंकको शाखा पुग्न थालेपछि बचत गरेको पैसा बैंकमा जम्मा गर्नेहरु बढेका छन् । बालबच्चाको पैसा जम्मा गरिदिन बैंक खाता खोल्ने क्रम बढेको छ भने घरव्यवहार सम्हाल्ने गृहिणीहरुसँग पनि एटिएम हुन थालेको छ ।

यसो त बैंकसँग जोडिएर आउने व्याज र आवश्यक पर्दा कर्जा लिन पाउने सुविधा बैंकले दिएपछि मानिसहरु आकर्षित बनेका छन् । जहाँ पुग्यो त्यही बैंकको शाखा भेटिएपछि नागरिकहरुले बैंकलाई संस्थाभन्दा बढी साथी मान्न थालेका छन् । सम्बन्ध न हो, जो नजिक हुन्छ, उसैसँग चिनाजानी हुन्छ । आवश्यक परेका बेला उ नै सच्चा साथी बन्छ । ऋण सापटी लिंदा उ नै काम लाग्छ । त्यस्तै साथी बनेको छ एनआईसी एशिया बैंक । गाउँ गाउँमा आएको बैंकको शाखाले देशभरका गाउँ–गाउँ, बस्ती–बस्तीमा सेवा पुर्याईरहेको छ । र त शहरमा मात्र होइन गाउँघरमा पनि रोजाईको बैंक बनेको छ–एनआईसी एशिया बैंक ।

हुन पनि बैंकले सुगमदेखि दुर्गमसम्म आफ्ना शाखा सञ्जाल फैलाएको छ । ग्राहकले जुनसुकै समय आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन पाएका छन् । त्यसैले त यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालका रुपमा स्थापित भएको छ । बैंकका ग्राहकहरुले चेक हराएमा, एटीएम कार्ड सम्बन्धी कुनै समस्या भएमा र कर्जा लिनुपर्दा शाखाले सहज बनाइदिएको छ । घण्टौं हिडेर बैंक ध्याउनु पर्ने समस्याको समाधान गरिदिएको छ । र त नागरिकहरु बैंक आफ्नै घरछेउ आएको अनुभूति गरिरहेका छन् । तथ्यांक बोल्छ–एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७÷७८ सम्ममा २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकलाई सेवा दिदैं आइरहेको छ । बैंकको ग्राहक संख्या निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक उच्च रहेको छ । वित्तीय समावेशीकरणका लागि हालसम्म कुनै पनि बैंक पुग्न नसकेका विभिन्न जिल्लाहरुमा पुगेको यो बैंक स्थानीय बासिन्दाहरुको रोजाइमा परेको छ । जस्तैः मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । र त बैंकप्रति मानिसहरुको विश्वास र भरोसा बढ्दै गएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यो बैंकले हालसम्म मुलुकभर ३ सय ५८ वटा शाखा विस्तार गरेको छ । ग्राहकलाई जतिसक्दो छिटो, छरितो र सहज तरिकाले सेवा दिनका लागि शाखा विस्तारको काममा पनि बैंक अघि बढिरहेको छ । कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्नो ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

बच्चाहरुलाई बचत सिकाउँदा खुत्रुकेबाट सिकाउने हाम्रो पूरानो चलन हो । तर यो डिजिटल युगमा यो परम्परालाई बैंकले बदलिदिएको छ । बचत गर्दै जाँदा त्यसबाट ब्याज पनि आउने भएपछी ग्राहकहरु बैंकतर्फ आकर्षित बनेका छन् । एउटा उदाहरण – रुकुमको मुसिकोट नगरपालिकी कमला विकलाई आजभोलि पैसा बचत गर्ने बानी परेको छ । खेतबारीमा उब्जेका तरकारी र अन्नपात बेचेरै पनि उनी हरेक महिना घरमै खुत्रुकेमा पैसा बचत गर्थिन् । नजिकै बैंकका शाखा नहुँदा उनको पैसा खुत्रुकेमै पनि बचत हुन्थ्यो । तर यसमा बचत मात्र हुन्थ्यो । न त समयमा ब्याज आउथ्यो न त उनले चाहेबेला त्यसबाट कर्जा नै निकाल्न पाउँथिन् । तर जब एनआइसी एशियाको नयाँ शाखा मुसिकोटमा खुल्यो त्यसपछि उनी ढुक्क छिन् । ‘पहिले बैंक पुग्न घण्टौं हिड्नुपर्थ्यो । हिड्नकै गाह्रोले पनि बैंकमा खाता नै खोलिएन । अहिले यही बागबजारमा नयाँ शाखा खुलेको छ । मासिक रुपमा बचत गरिरहेको छु’ कमला भन्छिन् । उनीजस्ता थुप्रै दुरदराजका ग्राहकहरुले आयआर्जन गरेको रकम बैंकमा बचत गर्न थालेका छन् । खल्तीमा राख्दा छिट्टै खर्च हुने हुँदा पनि उनीहरु बैंकमा पैसा जम्मा गर्न रुचाउँछन् । बचत मात्र होइन् । कर्जा लिएर व्यवसाय गर्नेहरुका लागि बरदान नै बनेको छ, एनआइसी एशिया बैंक ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले उद्यम स्तर जोखिम व्यवस्थापन दृष्टिकोण अवलम्बन गर्दै साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको छ । जसको फलस्वरुप कोभिड–१९ को जोखिम परिस्थिती र चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भयो । धेरथोर पैसा जम्मा गर्ने र व्यवसायका लागि कर्जा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । सहरमा मात्र होइन । गाउँमा पनि कृषि, पशुपालन, साना तथा मझौला उद्योग खोल्नकै लागि बैंकबाट धेरैले कर्जा लिने गरेका छन् । बैंकले शाखा सञ्जाल फैलाएकै कारण वित्तीय पहुँचबाहिर रहेकाहरु समावेश भएका छन् । त्यति मात्र होइन, बैंकले मानिसहरुलाई आफ्नो बसोबास नजिकैको शाखामा गएर चाहिएजति कर्जा सहजै लिने वातावरण बनाइदिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पुर्याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च ९१२.६६ प्रतिशत बजार हिस्सा रहेको छ ।

आर्थिक वर्ष ०७७÷७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल देखिन्छ । साथै गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । त्यस्ता कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ ।

बैंकले अवलम्बन गरेको ‘अब्बल जोखिम व्यवस्थापन रणनीतिको परिणाम’ स्वरूप बैंकका प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै रहेको छ र सो समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्टमा पर्दछ । त्यस्तै बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक गत आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमासमा कर्जा, निक्षेप, स्व–पुँजीमा प्रतिफल, शाखा कार्यालय, र एटिएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । यसले नागरिकको जीवन झनै सहज बनाएको छ भने व्यापार विस्तारलाई मिठो टेवा पुगेको छ ।

व्यवसायीहरुलाई चिन्ता छ– ‘व्यवसाय सानो छ, कर्जा कसले दिन्छ ?’ यसको सहज उत्तर बनेको छ एनआईसी एशिया बैंक । अझ, डिजिटल फस्टको रणनीति अङ्गीकार गर्दै बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गर्दा बैंकिङ सेवाहरु झन् सहज बनेका छन् । आफ्ना बैंकिङ सेवा तथा सुविधाहरू जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि उपभोग गर्न पाएका नागरिकहरु अहिले बैंकले प्रदान गर्ने कर्जा सुविधा र त्यसमा पनि आफ्नै गाउँघरमा सो सेवा आएपछि दङ्ग छन् । नियमनकारी निकायले कुल कर्जा प्रवाहको ५ प्रतिशत कर्जा देशका विपन्न वर्गलाई प्रवाह गर्नुपर्ने व्यवस्था गरेकोमा यस बैंकले गत आ।व। मा कुल कर्जा रकमको ७.४ प्रतिशत अर्थात् करिब रू. २० अर्ब कर्जा प्रवाह गरी सीमान्तकृत जनसंख्याको जीवनस्तर उकास्नको लागि अनुकरणीय तवरले आफ्नो उत्तरदायी भूमिका निर्वाह गरेको छ ।

यस बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू(सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) ग्राहक महानुभावहरूमाझ ल्याएको सर्वविदितै छ । बैंकले बैंकिङ इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेट’ बाट हेर्न सकिने व्यवस्था गरेको छ ।

कोरोना संक्रमणको त्रासले बैंकसम्म पुग्न कठिन भइरहेको स्थितिमा बैंकले अझ सशक्त बनाएको बैंकिङ सुविधाले ग्राहकको धेरै समयको बचत गरेको छ । भाौतिक रुपमा उपस्थित भएर फाराम भर्नुपर्ने झन्झन्टपनाबाट मुक्ति दिलाउन बैंकले अनलाईनबाटै सबै सुविधाहरु दिइरहेको छ । बैंकले कोरोना लकडाउनको समयदेखि आफ्ना ग्राहकहरुलाई ‘अनलाईन कर्जा आवेदन प्रणाली’ को व्यवस्था समेत गरेको छ । बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले ‘कर्जा एप्लिेकसन’ मार्फत अनलाइन कर्जा आवेदन प्रणालीको व्यवस्था गरेको छ । यसरी एनआईसी एशिया बैंक नेपालको अन्य २६ वाणिज्य बैंकहरु भन्दा धेरै अधि बढिसेकेछ छ भन्दा अब चाहि फरक पर्दैन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि