• होमपेज
  • फिचर
  • अध्यक्ष उपाध्याय, पूर्व सीइओ लामिछाने, सीइओ देवकोटा, डिपुटी सीइओ लम्सालको नक्कली सुन काण्ड छताछुल्ल, सुन जाँचकी जेलमा, कर्जा लिएकी महर्जनलाई सक्कली सुनसहित १२ लाख दिएर घटना मिलाएको खुलासाः राष्ट्र बैंक बेखबर ?

अध्यक्ष उपाध्याय, पूर्व सीइओ लामिछाने, सीइओ देवकोटा, डिपुटी सीइओ लम्सालको नक्कली सुन काण्ड छताछुल्ल, सुन जाँचकी जेलमा, कर्जा लिएकी महर्जनलाई सक्कली सुनसहित १२ लाख दिएर घटना मिलाएको खुलासाः राष्ट्र बैंक बेखबर ?

  • बिहिबार, भदौ ३१, २०७८
अध्यक्ष उपाध्याय, पूर्व सीइओ लामिछाने, सीइओ देवकोटा, डिपुटी सीइओ लम्सालको नक्कली सुन काण्ड छताछुल्ल, सुन जाँचकी जेलमा, कर्जा लिएकी महर्जनलाई सक्कली सुनसहित १२ लाख दिएर घटना मिलाएको खुलासाः राष्ट्र बैंक बेखबर ?

नेपालमा जसलाई जे गर्न पनि छुट छ भन्ने कुराको पुष्टी महालक्ष्मी विकास बैंक भित्रको एउटा सुनकाण्डले प्रस्ट पारेको छ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकको मौन समर्थन र सहमतीकै कारण सक्कली सुनलाई नक्कली बनाई सुन जाँचकीलाई जेल पठाएर फेरि सुन सक्कली नै भएको भन्दै कर्जा लिने ग्राहक महर्जनलाई फिर्ता दिनु कस्तो बैंकिङ्ग हो ? भन्ने प्रश्न राख्दछ । जेलमा भएका सुन जाँचकीको जिम्मामा बैंकका पूर्व सीइओ कृष्ण राज लामिछाने, सीइओ बोधराज देवकोटा, अध्यक्ष राजेश उपाध्याय र सिनियर डिपुटी सीइओ लम्सालले लिनु पर्दछ कि पर्दैन । निर्दोष व्यक्तिलार्ई जेल पठाएर बैंकमा रजाई गर्ने यी बैंकका प्रमुख पात्रलाई छ कि छैन गर्भनर साब ? कथा हेरो कस्तो छ त ?
महालक्ष्मी बिकास बैंकले नियम तथा प्रकृया बिपरित काम गरेर सुन काण्ड सल्टाएको पाइएको छ । विधि र प्रकृया पुरा गर्नलाई धितोमा राखेको सुन फिर्ता दिनलाई समय लागेको बिज्ञप्ती निकालेको महालक्ष्मी विकास बैंकले बिधि र प्रकृया नपुर्याई यो सुन काण्ड मिलाएको दाबी गरिएको छ । भन्दा फरक पर्दैन ।

प्राप्त जानकारीअनुसार सुन धितो राखेर कर्जा लिएकी बिष्णु महर्जनलाई सुन सहित नगद १२ लाख रुपैयाँ दिएर यो घटना मिलाइएको हो । ती महिलालाई १२ लाख कुन शिर्षकबाट झिकेर दिने भन्ने अन्यौल बढेपछि बैंकले टिसर्ट खरिदको काम गरेको देखाएर उक्त रकम निकासा गरेको भेटिएको छ । यो घोटला नभए के हो ? गर्भनर साब । १० लाख रुपैयाँ बराबरको सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अन्तर्गत सूचना निकालेर छनौट भएको पार्टीलाई काम दिनुपर्ने व्यवस्था भएकाले बिष्णु महर्जनलाई दुई किस्ता गरेर उक्त रकम निकासा गरिएको देखिन्छ भन्दा फरक पर्दैन । सार्वजनिक खरिद ऐनलाई बाइपास गर्नलाई एउटा चेक ९ लाख ९९ हजार को र बाँकी २ लाख १ हजार रुपैयाँको अर्को चेक गरि महर्जनलाई १२ लाख रुपैयाँ दिएर यो घटना मिलाइएको भन्दा फरक पदैन ।

एकातर्फ सक्कली सुन धितो राखेको हो भने बिष्णु महर्जनलाई सुन नै फिर्ता गरेपछि किन १२ लाख रुपैयाँ फिर्ता गर्यो भन्ने प्रश्न खडा भएको छ भने अर्कोतर्फ धितोमा राखेको सुन नक्कली नै थियो भने किन नक्कली सुन राख्ने ग्राहकलाई कारबाही गर्नुको साट्टो १२ लाख किन दिईयो यो अब खोजीको विषय बनेको छ । गर्भनर साब हेक्का होस् र तत्कालै बैंकका यी पात्रहरुमाथी छानवीन गरि कारवाही होस् । यो सुन काण्ड भएको महालक्ष्मी विकास बैंकको कुमारीपाटि शाखाका सुन जाँचक ‘गोल्ड टेस्टर’ अहिले पनि उक्त घटनाका कारण जेलमा छन् भने केहि साता अगाडी मात्र महर्जनले धितोमा राखेको सुन नक्कली भएको भन्ने त्यहाँका शाखा प्रमुखको जवाफ पछि घटनाले विवादको रुप लिएको थियो ।
पहिलो कुरा, बैंकले कसैलाई पनि खरिदको काम दिँदा १० लाख माथिको छ भने सार्वजनिक खरिद ऐन अन्तर्गत गर्नुपर्छ र यस्ता कम्पनी पहिल्यै सुचिकृत हुनुपर्छ । यतिमात्र नभई, संचालक समितिको प्रस्तावमा बोर्डबाट निर्णय भएको हुनुपर्दछ । तर यी कुनै पनि प्रकृया बीना नै टिशर्ट खरिद गरेको देखाएर गलत कारोबार मिलाउनलाई बैंकले हदैसम्मको बदमासी गरेको हो । के हो गर्भनर साब ? छानवीन किन हुँदैन ? बैंकका यी चार व्यक्ति माथी के जादु छ ।

बैंकका अध्यक्ष, उपाध्यक्षकै निर्देशनमा बदमासी
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, पूर्व सीइओ लामिछाने एवं सिनियर डिपुटी सीइओ दिपेश लम्सालको योजनामा भएको देखिन्छ । कुमारीपाटि शाखामा नयाँ सुन जाँचक पठाएपछि यो घटना बाहिर आएको हो । नक्कली सुन धितो राखेर कर्जा दिएको पाएपछि बैकको न्युरोड शाखाबाट त्यहाँ गएका नयाँ सुन जाँचकले चार्ज लिन नमान्दा सबै घटना बाहिरिएको देखिन्छ । गर्भनर साब हेक्का होस् ।

स्रोतका अनुसार सुरुवाती दिनमा महर्जनले कर्जा तिर्ने तर ब्याज मिनाहा हुनुपर्ने सर्त राखेपछि आधा ब्याज दिएर मिलान गर्ने कुरामा सहमती जुट्यो । तर उक्त कुरा बैंक अध्यक्ष उपाध्यायकोमा पुगेपछि उनले छुट दिन नहुने र नदिने निर्णय सुनाए । त्यस पश्चात मात्रै ऋणी महर्जन कर्जा चुक्ता गर्दा पनि धितोमा राखेको सुन फिर्ता भएन भनेर प्रहरीमा उजुरी दिन पुगिन र सुन फिर्ता गर्ने गरि मिलापत्र भयो । भन्दा फरक पर्दैन । के महालक्ष्मी विकास बैंक अध्यक्ष उपाध्यय, सीइओ देवकोटा, सिनियर डिपुटी सीइओ लम्साल र पूर्व सीइओ लामिछानेको सुन पसल हो ? यो लाखौं जनताको रगत र पसिनाबाट बनेको बैंक हो । गर्भनर साब छानबीन तत्कालै होस् ।

यदि अध्यक्ष उपाध्यायले आफ्नो पुरानो कुरा अर्थात आधा ब्याज मिनाहा गर्ने कुराबाट पछाडी नहटेको भए अहिले महालक्ष्मी विकास बैंकलाई दोब्बर तेब्बर घाटा पनि नहुने र बिधि प्रकृया बिपरित काम गर्नलाई बाध्यता पनि आईनलाग्ने स्रोतको दाबी छ । यसमा अध्यक्ष उपाध्यायका प्रिय पात्र सिनियर डिपुटी सीइओ लम्सालको साथ रहेको बैंक स्रोतको दाबी छ ।

नेपाल राष्ट्र बैंकको सहमती किन ?
नेपाल राष्ट्र बैंक समेत यो सुन काण्डमा मौन बसेको देखिन्छ भन्दा फरक पर्दैन । महालक्ष्मी विकास बैंक भित्र कयौं कानुन बिपरित काम हुँदा समेत चुपचाप बसेको राष्ट्र बैंक यस्तो बिषयमा बोल्न किन सक्दैन गर्भनर साब ?
यहि बिषयमा समेत उजुरी परेपछि राष्ट्र बैंकले त्यहाँ भएको के हो आफैं मिलाउनु भन्ने आशयको पत्र काटेको थियो । जबकी यहि घटनासँग जोडिएर कुनै व्यक्ति अर्थात सून जाँचक जेलमा छन् भने त्यहाँका शाखा प्रमुखले समेत धितोको सुन नक्कली भनेपछि विवाद बाहिर आएको थियो । यी सबै घटनालाई नजर अन्दाज गरेर आफैं मिलाउनु भन्ने आशयले पत्र काट्नु आफैंमा राष्ट्र बैंकको मौनता मात्र नभई अप्रत्यक्ष सहयोग भएको जानकारहरुको दाबी छ गर्भनर साब हेक्का होस् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि