• होमपेज
  • वाणिज्य बैंक
  • मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

  • बिहिबार, भदौ ३१, २०७८
मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेगा बैंकले आप्mना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसंगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि