• होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल एसबिआई बैंकको २७औं बार्षिकोत्सव सम्पन्न

नेपाल एसबिआई बैंकको २७औं बार्षिकोत्सव सम्पन्न

  • मङ्लबार, असार २३, २०७७
नेपाल एसबिआई बैंकको २७औं बार्षिकोत्सव सम्पन्न

नेपाल एसबिआई बैंकले ७ जुलाई २०२०मा बैंकको २७औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरन गरेको छ । नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा पशुपतिनाथ कलात्मक दक्षिणद्वारको उद्घाटन भएको हो ।

उक्त समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकाल, पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष डा। मिलन कुमर थापा, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, पशुपति क्षेत्र विकास कोष तथा बैंकका संचालक समितिका सदस्यहरु लगायत अन्य पदाधिकारीहरुको उपस्थिती थियो । सोही अवसरमा माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा रहेको नेपाल एसबिआई बैंकको एटिएमको पनि उद्घाटन गर्नुभएको थियो ।

बैंकको २७औं बार्षिकोत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकले कमलादीस्थित आफ्नो परिसरमा बैंकका संचालक समितीका सदस्यहरु बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, बिमला सुवेदी, र बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर द्वारा बैंकको कर्पोरेट कार्यालयको शिलान्यास गरिएकोे छ । उक्त कार्यक्रममा प्रमुख संचालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिज्वान आलम, प्रमुख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त, प्रमुख कर्जा अधिकृत देव राज अधिकारी तथा बैंकका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा