गोपी माघ १८ मै

  • बुधबार, कार्तिक २८, २०७५
गोपी माघ १८ मै

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् ।
फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्नो पहिलो फिल्म घामपानीले जस्तै गोपीले दर्शकलाई सन्तुष्ट बनाउने दावी लामाको छ ।
गोपीलाई नेपालभर मनोठ राठी र उज्ज्वल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्माता मणिकर्ण केसी र वितरकका तर्पmबाट मनोज राठीले सोमबार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘फिल्मको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल माघ १८ देखिएकोले पनि हाम्रो छनोटमा उक्त दिन परेको हो,’ निर्माता केसीले प्रष्ट्याए ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिना अवगत गराउँछन् ।
काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि