• होमपेज
  • रोजगारी
  • राहदानी बनाउनेको सङ्ख्या बढ्यो

राहदानी बनाउनेको सङ्ख्या बढ्यो

  • मङ्लबार, कार्तिक २७, २०७५
राहदानी बनाउनेको सङ्ख्या बढ्यो

नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् ।

राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विदेश जाने युवा राहदानी बनाउन आउने क्रम बढेको बताउनुभयो । नयाँ आर्थिक वर्ष शुरु भएदेखि कात्तिकको तेस्रो हप्तासम्मको विवरणअनुसार जिल्लामै राहदानी बनाउनेको सङ्ख्या एक हजार ५३४ र सिफारिश लिएर जाने ८६२ गरी जम्मा दुई हजार ३९६ राहदानी बनेको छ ।

कार्यालयका अनुसार गत वर्ष चार हजार ९६९ वटा राहदानी जिल्लामै बनेको थियो । सिफारिश एक हजार ८८४ गरी जम्मा छ हजार ८५३ वटा राहदानी बनेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि