• होमपेज
  • समाचार
  • शेयर बजार ः करीब चौध अङ्कले बढ्यो

शेयर बजार ः करीब चौध अङ्कले बढ्यो

  • मङ्लबार, कार्तिक २७, २०७५
शेयर बजार ः करीब चौध अङ्कले बढ्यो

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक उल्लेख्यमात्रामा वृद्धि भए पनि कारोवार रकममा भने आशातित वृद्धि हुन सकेन । कूल १५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा कारोवार भएको हो । कारोवार भएका नौ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै शेयरको मात्रै घटेको छ ।

सो उपसमूह शून्य दशमलव २५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १४ दशमलब ६९, होटल ३६ दशमलव ५७, विकास बैंक १२ दशमलव ५९, जलविद्युत् शून्य दशमलव २८, निर्जीवन बीमा ७५ दशमलव १४, अन्य ६ दशमलव ५६, माइक्रोफाइनान्स १० दशमलव ५८ र जीवन बीमा ७७ दशमलव शून्य नौ बिन्दुले बढेको छ ।

बढेको बजारमा उन्नति माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी विकास बैंकका शेयरधनीले कमाएका छन् भने एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन पावर पार्टनर, एभरेष्ट इन्स्यारेन्स कम्पनीका शेयरनीले भने गुमाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि