• होमपेज
  • म्यूजिक भिडियो
  • अनौठो माया लिएर आए बिक्रम र दीपीका

अनौठो माया लिएर आए बिक्रम र दीपीका

  • बुधबार, चैत्र ९, २०७८
अनौठो माया लिएर आए बिक्रम र दीपीका

चैत्र १८ गते प्रदर्शन हुने फिल्म ‘हेल्लो जिन्दगी’ मा समाबेश ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीत मंगलबार राजधानी आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । गीतमा अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् ।

प्रेसमिटमा निर्देशक बोहराले फिल्मका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाए । ‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने,‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन । निर्देशक बोहराले नायिकाहरुले न्युनतम ब्याबसायिक धर्म पनि निर्वाह नगरे तापनि आफूहरु बिचलीत नभएको,बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्ने बताए ।

कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास लिएको बताइन् । अभिनेता बिक्रमले आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । उनले भने,‘हाम्रो फिल्ममा नेपाल, भारत र युके,तीन देशका प्राबिधिकको मिहीनेत परेको छ । दर्शकसामु उच्च कोटीको फिल्म प्रस्तुत गर्नका लागि हामीले अत्यन्तै मिहीनेत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’

अभिनेता बिक्रम, निर्देशक बोहरा र नवअभिनेत्री बिभिया यही फिल्मको प्रमोशनका लागि केही दिनअघि मात्रै बेलायतबाट काठमाडौ झरेका हुन् । कार्यक्रममा फिल्मकी सहनिर्मात्री तथा अभिनेत्री सबिता गुरुङले आफूहरुले यो फिल्म पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताइन् । नवअभिनेत्री बिभियाले फिल्म निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गरिन् । आइएनएस हल,गोंगबुमा आयोजीत कार्यक्रममा फिल्ममा समाबेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।

बेलायत र काठमाडौमा खिचिएको फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा,बिभिया श्रेष्ठ, सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त,मनोज केसी, ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । सुदीप कुँवर र मार्लाेभ ढुंगाना मुख्य सहायक निर्देशक रहेको

फिल्मको कथा
निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा,सम्वाद निर्देशक बोहरासहित अभिमन्यु निरवीले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

Facebook Comments

सम्बन्धित समाचार