• होमपेज
  • देश
  • मुहार फेर्दै बुढानिलकन्ठ मन्दिर

मुहार फेर्दै बुढानिलकन्ठ मन्दिर

  • बुधबार, कार्तिक २८, २०७५
मुहार फेर्दै बुढानिलकन्ठ मन्दिर

बुढानिलकण्ठ नाराणस्थान मन्दिरको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रही आएको छ । बर्सेनी लाखौंको सन्ख्यामा यहाँ भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन । पानीमाथि नागको आसन गरी बिराजमान भगवानको दर्शन गर्नाले मानिसको पाप नस्ट भै पुन्य कमाउने धार्मिक विश्वाश रहिआएको छ ।
निकै पुरानो मन्दिर नारायणस्थान मन्दिरको ब्यवस्थापन केही समय अगाडि निकै दयनिय थियो । वरिपरि यत्र तत्र छरिएको फोहोर देखिन्थ्यो । मन्दिर बाहिर मनपरी दान दक्षिणा उठाउने हरुको लर्को नै हुने गर्दथ्यो । साथमा त्यो उठेको रकम कहाँ र कसरी खर्च हुन्छ भन्नेमा सर्वसाधारण अनबिज्ञ रहनु पर्दथ्यो ।
तर यतिखेर बुढानिलकण्ठ नाराणस्थान मन्दिरको मुहार फेरिएको छ । करिब १५ महिना पहिले सकुल शाहको अध्यक्षतामा चयन भएको बुढानिलकण्ठ नाराणस्थान मन्दिर ब्यवस्थापन समितीले यतिखेर मन्दिरलाई मन्दिर जस्तो बनाउन लागिपरेको छ । शाहको अध्यक्षतामा मन्दिर ब्यवस्थापनले बिभिन्न खालका सुधार र विकासका काम हरु गरेको छ जुन निकै प्रसंसनिय छ ।
शाहले सबैभन्दा पहिले मनपरी संस्थाले अनधिकृत रुपमा चन्दा उठाउने कार्यलाई बन्द गराए र आर्थिक व्यवस्था डिजिटल बोर्ड बाट प्रदान गरी आर्थिक ब्यवस्थालाई पारदर्शीरुपमा दिन थाले । यस्तै अलपत्र रहेको गुरुकुल लाई पनि शाह अध्यक्ष रहेको नारायणस्थान व्यवस्थापन समितिले सुधार गरी सन्चालनमा ल्याएका छन । यसैगरी मन्दिरकोलागि भौतिक पूर्वाधारका कामहरु धमाधम भैरहेका छन् ।
मन्दिर वरिपरि सरसफाइको कार्य लाई तिब्रता दिइएको छ । मन्दिर वरिपरिको खाली जग्गामा दुबो लगाउने कार्य भैरहेको छ जसले मन्दिरको शोभा बढाउने काम गरेको छ । शाहले मन्दिरको गुरुयोजना समेत तयार पारीसकेका छन । गुरुयोजनामा परेका सम्पदालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने लक्ष्य रहेको शाहले जानकारी दिए ।
शाहको अध्यक्षतामा समिती गठन हुनु भन्दा पहिले व्यवस्थापन समितिको लागि एउटा अफिस सम्म नरहेको र यसको लागि आफ्नो समितिले ठुलो बिल्डिङ नै बनाएको शाह बताउछन ।  अहिले यो समितिको अफिस त्यसै बिल्डिङमा छ । शाहले आफ्नै शब्द लेखनमा बुढानिलकण्ठको इतिहास झल्किने भजन पनि निकालेकालेका छन जसले गर्दा भजनको माध्यमले बुढानिलकण्ठ नारायणस्थान मन्दिरको इतिहास धेरैले जान्न सक्ने छन । करिब आधा घण्टाको बसाइमा शाहले आफु कार्यसमितिमा रहुन्जेल सम्म मन्दिरको गुरुयोजना लाई पूर्णता दिन लागिपरेको बताए ।
भिडियोमा हेर्नुहोस्
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि