• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंकले देशभर सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

गरिमा विकास बैंकले देशभर सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

  • आइतवार, चैत्र १८, २०८०
गरिमा विकास बैंकले देशभर सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

गरिमा विकास बैंकले देशभर नै विश्व वित्तीय सप्ताह मनाएको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका सुरु भएको ग्लोबल मनी विकको १२औं शृङ्खला अन्तर्गत बैंकले पनि विभिन्न कार्यक्रमहरु गरी मनाएको हो ।

बैंकले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले उपत्यकको हात्तीगौंडा, नयाँ बानेश्वरसंगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन भ्रमण गराउनूका साथै बाराको सिमरा, सुर्खेतको बिरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ ।

कार्यक्रमहरुबाट देशभरका १ हजार ३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आईरहेको छ ।

बैंकले उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार