• होमपेज
  • फिचर
  • एभरेष्ट बैंकको चुतियापन

एभरेष्ट बैंकको चुतियापन

  • सोमवार, बैशाख ३, २०७५
एभरेष्ट बैंकको चुतियापन

भूपेन्द्र आचार्य । नेपाली भूमिमा भारतीय दादागिरी सुरु भएको सयौं वर्ष भएको छ । हालै एउटा यस्तो दादागिरी बाहिर आयो, जसका कारण सबै वाणिज्य बैंक तीन छक्क परे । प्रायः सबै नेपाल टेलिकम, नागरिक लगानी र नेपाली सेनाको अर्बौं रकम वाणिज्य बैंकहरूमा चर्को ब्याजमा राख्ने प्रचलन रहँदै आएको छ ।

चर्को ब्याजसँगै ती संस्थाका प्रमुख र लेखा अधिकृतहरूलाई १.५ प्रतिशत घुस समेत दिइने प्रचलन छ । यसै अनुरूप नेपाली भूमिमा विगत २० वर्षदेखि दादागिरी देखाउँदै आएका भारतीय पञ्जाब नेशनल बैंकको समेत लगानी भएको एभरेष्ट बैंकले नागरिक लगानी कोषको करिब ३ अर्ब पैसा ११.२५ प्रतिशत ब्याज दिएर भित्र्याएको छ ।

नेपाल बैंकर्स संघका सबै सदस्य बैंकहरूका सीइओ सदस्य रहेकाहरूको पूर्ण बैंठकले ११ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरे पनि रातारात तरलता अभाव भएको भन्दै एभरेष्ट बैंकका नालायक सीइओ सोमेश्वर सेठले १.५ प्रतिशत घुस र ११ प्रतिशत चर्को ब्याज दिएर चुतियापन देखाएको बैंकरहरूको भनाइ छ ।

सधैं नेपाली भूमिमा दादागिरी देखाउँदै आएको एभरेष्ट बैंकले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई मोटो रकम घुस दिएर आन्तरिक राजस्वको राजस्व उठाउने बैंक काउण्टरको टेण्डर पारेको थियो ।

नेपाली सभासदहरूको सम्पूर्ण सूचना भारत पु¥याउने काममा समेत लागिपरेको एभरेष्ट बैंकबाट सबै सभासदहरूले खाता खोल्नुपर्ने टेण्डर समेत हात पारेको थियो ।

नेपाली माटोमा यसरी ठगी गरिरहँदा र सूचना बेचिरहँदा समेत उनीहरूमाथि कारबाही भएको छैन । ‘नेपाल राष्ट्र बैंकका नालायक गर्भनर डा. चिरन्जीवि नेपाल एभरेष्ट बैंकलाई छानबिन समेत गर्दैनन्, कारबाहीको त कुरै छैन,’ एक बैंकरले नाम नलेख्ने सर्तमा राजतिलक साप्ताहिकलाई बताए ।

ब्याजदरकै कारण एनआईसी एशिया बैंकका सीइओ लक्ष्मण रिसालले राजीनामा समेत दिनुप¥यो । तर एभरेष्ट बैंकका नालायक सीइओ अहिलेसम्म कुर्सीमा बसीरहेका छन् ।

‘यदि बैंकर्स संघको निर्णय नमान्ने हो भने एभरेष्ट बैंकका सीइओ सोमेश्वर सेठले संघबाट राजीनामा दिनु पर्दछ । नत्र नेपाली भूमिमा दादागिरी चल्दैन,’ एक बैंकरले बताए ।

घुमाउरो बाटोबाट चोरी गर्ने एभरेष्ट बैंकलाई तत्कालै बैंकभित्र भएका घोटला काण्डको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन जरुरी भए पनि अख्तियार र राष्ट्र बैंक मौन बस्नुको कारण केही खोजीको विषय बन्ने पर्दछ । राजतिलक साप्ताहिकबाट

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि