• होमपेज
  • बीमा
  • उत्कृष्ट बीमा अभिकर्ता अन्जन भण्डारी

उत्कृष्ट बीमा अभिकर्ता अन्जन भण्डारी

  • सोमवार, बैशाख ३, २०७५
उत्कृष्ट बीमा अभिकर्ता अन्जन भण्डारी

नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाइफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् ।

भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । भण्डारीले यो वर्ष पनि एलआईसीको विश्वभर भएको २१ वटा शाखामध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको अभिकर्तासमेत हुन् ।

भण्डारीले ४ लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् ।
भण्डारी नेपालबाट अमेरिकास्थित बीमा व्यवसायीहरुको संस्था मिलियन डलर राउण्ड टेबलमा विगत ६ वर्षदेखि सदस्य समेत रहेका छन् ।

उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताको लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्नुपर्ने हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा