• होमपेज
  • फिचर
  • विओकेको ५६ करोडमा पन्तद्वयको बक्रदृष्टि

विओकेको ५६ करोडमा पन्तद्वयको बक्रदृष्टि

  • सोमवार, माघ ८, २०७४
विओकेको ५६ करोडमा पन्तद्वयको बक्रदृष्टि

आफ्नो २ वर्ष कार्यकालहुँदै बैंक अफ काठमाण्डूका सिइओ अजय श्रेष्ठलाई राजीनामा दिन बाध्य तुल्याएर ११ लाख चर्को तलब भत्ता लिएर बिओकेको सिइओ बन्न पुगेका सोभन देव पन्त अहिले फसादमा परेका छन् ।

लुम्बिनी बैंक र विओकेबीच मर्जर भई बैंक अफ काठमाण्डू लिमिटेड बनेपछि अहिले बोर्ड र व्यवस्थापन टिम सबैमा लुम्बिनी बैंककै हालीमुहाली छ ।  अध्यक्ष लुम्बिनी बैंकका प्रकाश श्रेष्ठ छन् भने सिइओ पनि लुम्बिनी बैंककै सोभन देव पन्त छन् । नेपालीमा एउटा उखान छ “काले काले मिलेर खाउ माले” यस्तै अवस्थामा छ अहिले विओकेमा ।

अधिकाशं कर्मचारीलाई जिम्मेवारी नै दिएको छैन । सिइओ पन्तले पूर्व सिइओ राधेश पन्त भएको बेला चारवाटोवाट मेलम्ची खानेपानीको चिनिया ठेक्केदारलाई दिएको ५६ करोड अझै उठेको छैन । अहिले राधेश पन्त पनि बैंक बोर्डमै सदस्य छन् । यी पन्त दाजु भाइ मिली ५६ करोड जनाको पैसा घुमाउरोबाटो चिनीयाँ ठेकेदारसँग मिली व्याँज स्याँज करिब २२ करोड छुट दिएर साँवा उठाउन लागि परेको भेटिएको छ ।

सर्वोच्च अदालतमा समेत मुद्दा परि राष्ट्रबैंकले विओकेबाट उक्त चिनियाँ कम्पनीलाई दिएको जमानत रकम ठेकेदार कम्पनीले नबुझाए बैंकले नै तिर्नु पर्ने परिपत्र पठाएको थियो । तत्कालीन सिइओ राधेश पन्तले मोटो कमिशन लिएर दिएको उक्त जनताको पैसा डुबेपछि तत्कालिन सिइओ अजय श्रेष्ठले सो कर्जा प्रोभिजन समेत गराएका थिए । श्रेष्ठले सबै व्याज र साँवा छुट दिनु नहुने अडान बोर्ड बैंठकमा राखेपछि २ वर्ष बाँकी छँदै उनलाई राजीनामा दिन वाध्य तुल्याएको घटना सबै सामु छर्लङ्ग छ ।

नेपाल राष्ट्र बैंकले एक पटक हस्तक्षेप समेत गरीसकेको बैंक अफ काठमाण्डू लिमिटेड फेरि हस्तक्षेप गर्ने प्रक्रियामा पुगेको एक डिपुटी गर्भनरले राजतिलक साप्ताहिकको एक भेटमा बताए । आफूलाई पुरानो र स्मार्ट बैंकर आफै भन्दै हिड्ने सिइओ पन्तलाई बैंक भित्र्याउनेकी नभित्र्याउने बारेमा केही सञ्चालक समितिमा सदस्यहरुले नोट अफ हिसेन्ट लेखेपछि पन्त भन्दै थिए ।

विवाद भए बैंकमा जान्न तर ११ लाख जनताको पैसा मासिकरुपमा लिने शर्तमा विओके पुगेका पन्तकै कारण फेरि विओके सडकमा पुग्ने प्रस्टै भएपछि ठूला र सरकारी संस्थान, सेना, प्रहरीहरुले रकम झिकेको एक कर्मचारीले राजतिलक साप्ताहिकलाई बताए ।

मर्जरपछि सबै टिम लुम्बिनी बैंकबाटै आएकाहरुले बैंक हाके पछि पूराना राम्रा व्यापारीलाई कर्जा प्रवाह नगर्ने कर्जा लिएका व्यापारीलाई ब्याज बढाई दुख दिने जस्ता अनैतिक कार्य समेत सिइओ पन्तबाट हुने गरेको एक व्यापारीले बताए । जनताको पैसामा फूपूको श्राद्ध गर्ने अत्यन्तै माहिर सिइओ पन्त र सञ्चालक पन्त वीचको कमिशन चक्करले विओके तहसनहस हुने देखिन्छ । समाचार स्रोत भन्दछः अहिले विओकेमा अन्तर बैंकिङ कारोबार गर्ने कुनै बैंकले मानेका छैनन् ।

पन्त दाजुभाइले जनताको पैसामा ¥याल चाटेपछि पूँजी बृद्धिको योजना समेत तहसनहस भएको छ । लामो समय प्रमोटर शेयर बिक्री गर्न नपाए पनि केही समय अगाडि सो शेयर बिक्री भएको छ तर यति हुँदा पनि अझै दर्जनौ काण्ड बैंक भित्र रहेका छन् ।

एउटाको नामको कर्जा अर्काे फोटो टाँसी दिएको समेत समाचार बाहिर आएका छन् । यो सबै कमिशन लिएर पूर्व सिइओ राधेश पन्तले गरेको राष्ट्र बैंकले फेला पारेको छ । राधेश पन्त सिइओ हुँदा भएको दर्जनौ ठूलो कर्जा अझै उठेको छैन । प्रोभिजन भएका छन् । प्रभिजन हुँदा लगानीकर्तालाई घाटा छ ।

अहिले यी पन्तद्वयले पुराना कर्जाको व्याँज र स्याँज छुट दिएर र पैसा उठाउने कोशिश गरे पनि सफल भएका छैन, दर्जनौ धितोमा मुद्दा परेपछि धितो बिक्री बन्द छन् । यी र यस्ता दर्जनौ काण्डको वीचमा फेरी बैंकलाई पुरानै अवस्थामा पु¥याउने काम खास गरि राधेश पन्तबाट भएको छ तर उनीलाई साथ सिइओ पन्तले दिएको एक सञ्चालकले राजतिलक साप्ताहिकसँग बताए ।

बैंकलाई राणा साशन शैलीमा चलाउने यी पन्त द्वयको बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्र बैंकमा उजुरी परेको फेला परेको छ ।

स्मरणीय रहोस् नेपाली जनताको रगत र पसिनाबाट जम्मा गरेको वा लगानी भएको रकममा रातारात फूपूको श्राद्ध गर्ने अधिकार पन्तद्वयलाई छैन नि !  राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि