• होमपेज
  • फिचर
  • खेतानको ठगी धन्दा छताछुल्ल

खेतानको ठगी धन्दा छताछुल्ल

  • सोमवार, माघ ८, २०७४
खेतानको ठगी धन्दा छताछुल्ल

कहिले लक्ष्मी बैंकको ठगी, कहिले टुवर्ग वियरको ठगी त कहिले एभरेष्ट इन्स्योरेन्सको ठगी गर्दै जनता मार्दै आएका भारतीय मूलका व्यापारी राजेन््र खेतान फेरि अर्को ठगीमा फस्ने भएका छन् ।

आफ्नै लगानीमा स्थापना भएका दर्जनौ वित्तिय कम्पनी विमा कम्पनीमा घुमाउरो बाटोबाट ठगी गर्दै आएका राजेन्द्र खेतानले हुँदा हुँदा माडवारी संघ भित्र समेत भाँडभैलो मच्चाएका थिए । स्व. मोहन गोपाल खेतान उच्च छविलाई सधै धमिलो बनाउने खेतान जहाँ लगानी गर्दछन् त्यही जनता ठगी रहेका भए पनि नियामक निकाउ विमा समिति र नेपाल राष्ट्र बैंक कारवाही गर्दैन कारण के हो ?

राजेन्द्र खेतान परिवार भित्रकै आसेपासेहरुको घुमाउरो बाटोबाट शेयर राखी स्थापना भएको एभरेष्ट इन्स्योरेन्स कम्पनी फेरि कारवाहीमा पर्ने निश्चित भएको छ । रातारात साधारण सभा गरि ६०० प्रतिशत हकप्रद शेयर दिने घोषणा गरि ११५० को शेयर ३६०० पु¥याएर विक्री गरि जनता ठगी गरेका राजेन्द्र खेतानको सपना तुहिएको छ ।

विमा समितिले ६०० प्रतिशत हकप्रद विक्री गर्न नदिने भएपछि एभरेष्ट एन्स्योरेन्सको पुँजी बृद्धि योजनानै प्रभावित भएको छ । एनसीसी बैंकका डिजिएम कमल गौतमलाई सिइओ नियुक्त गरि योजनाबद्ध तरिकाले जनता ठग्ने गरिरहेका खेतान गु्रपलाई अब नियामक निकाय विमा समितिले स्पष्टिकरण मागेपछि राजेन्द्र फेरि भारत भाग्ने भएको स्रोतको दाबी छ । विगतमा राजेन्द्र खेतानले प्राइम इन्स्योरेन्स कम्पनी र एभरेष्ट एन्स्योरेन्स कम्पनीबाट नक्कली क्षतिपूर्ति लिएका थिए ।

छानवीनपछि बिमा समितिले एभरेष्ट इन्स्योरेन्स टेक ओभर ग¥यो भने प्राइम इन्स्योरेन्सलाई कारोबार गर्न नै रोक लगाएको थियो । उनीकै कारण अहिले दुवै इन्स्योरेन्स कम्पनी बिमा समितले फेरि टेक ओभर गर्ने देखिन्छ ।

भारतीय मूलका यी व्यापारी राजेन्द्र खेतानले जसरी शेयरको मुल्य बढाएर जनता ठगी गरेका यीनलाई बिमा समितिले कारबाही नगरे जनताले नै कारबाही गर्ने लगानीकर्ताहरुले राजतिलक साप्ताहिकलाई बताए ।

अनेक विवादबाट बाहिरिएर बल्ल व्यवसायको आकारमा केही सुधार गरेको एभरेष्ट इन्स्योरेन्समा संस्थापक सेयरधनी छैनन् । बीमा कम्पनीले अनिवार्य रुपमा संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत बनाउनु पर्ने व्यवस्था गरे पछि अहिले एभरेष्टका लगानीकर्ताको भाग दौड नै मच्चिएको मात्रै हैन । राजेन्द्र खेतान भारत भाग्ने दाउमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको सेयर स्वामित्व अनुपात संस्थापकको ५१ तथा सर्वसाधारणको ४९ प्रतिशत हुनुपर्ने अहिलेको अवस्था छ । यो व्यवस्था आउनु अघि नै शतप्रतिशत सेयर साधारण बनाएको एभरेष्ट इन्स्योरेन्सलाई
संरचना परिवर्तन गर्न सहज भने छैन । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया), सेयर संरचनाका सम्बन्धमा केही लचिलो बन्दै गर्दा बीमा कम्पनीमा भने संस्थापक सेयरधनी जन्माउनै पर्ने बाध्यात्मक अवस्था श्रृजना भएको छ ।

झण्डै २५ वर्ष पहिले तत्कालिन व्यवस्था अनुसार सञ्चालनमा आएको एभरेष्ट इन्स्योरेन्स राजेन्द्र खेतानको ठगी धन्दाले अहिले समस्यामा परेको हो । सेयर संरचनामा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत नहुञ्जेल उसले कुनै कारोबार नगर्न बिमा समितले निर्देशन दिएको छ ।

एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी सरहका अधिकांस व्यक्तिहरुले आफुसँग रहेको सेयर ३६ सयदेखि २८ सयसम्ममा बेचिसकेका छन् । अहिले सामान्य व्यक्तिको हातमा कम्पनीको धेरै सेयर छ । यो अवस्थामा जबरजस्ती अहिले कै सेयरलाई संस्थापकमा परिवर्तन गर्न खोजियो भने ती लगानीकर्ता मरे सरह हुने देखिन्छ ।

राजेन्द्र खेतानको दादागिरीकै कारण यस्तो अवस्था आएको बिमा समितिको दाबी छ ।इन्स्योरेन्सको नियामक बीमा समितिले तोकिएको मितिमा जसरी पनि पूँजी पुर्याउनै पर्ने बताएको छ । राजतिलक साप्ताहिकसँगको कुराकानीमा बीमा समितिका अध्यक्ष डा. चिरञ्जिवी चापागाई भन्छन्, ‘एभरेष्टले आगामी असार मसान्त भित्रमा संस्थापक र साधारण सेयरको अनुपात ५१ र ४९ बनाएर पूँजी एक अर्ब बनाउनु पर्छ । अरु विकल्प कम्पनीले निक्र्यौल गरेर आए पछि हामी हेर्छौं ।’ होइन भने सधैं दादागिरीको भरमा संस्था चल्न दिदौनौ नि ।
समितिका अध्यक्ष चापागाईको यो भनाईले नीति नियम बाहेक बजारका समग्र लगानीकर्ताका सम्बन्धमा समतिले कुनै निर्णय गर्न नचाहेको प्रष्ट हुन्छ । किनकी समस्यामा पर्दा एभरेष्टको व्यवस्थापन कुनै बेला बीमा समितिले नै टेक ओभर गरेको थियो । पटक÷पटक सुध्रिने मौका दिँदा समेत राजेन्द्र खेतान र उनीका आसेपासे शेयर धनीदे अटेर गरेपछि पछिल्लो समय बिमा समितिले स्पष्टिकरण लिएको प्रस्टै छ ।

२०६६ सालमा पहिलो पटक संस्थापक सेयर कारोबारको विषय बीमा समितिले अघि सारेको हो । तत्कालिन समयमा आएको बीमा समितिको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशनले बीमा कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरेको थियो । तर राजेन्द्र खेतानको दादागिरीकै कारण हुन सकेन ।

झण्डै २५ वर्ष बीमा व्यवसाय गर्ने क्रममा कम्पनी ऐन अनुसार सबै सेयर सर्वसाधारण बनेको एभरेष्टलाई बिना कुनै विकल्प अहिले गरिएको कडाईले लगानीकर्ताको सम्पत्ति खहरेको पानी सरह हुने भएको हो । यो हुनुको पछाडी खेतान गु्रप र सिइओ गौतमको दादागिरी नै हो । एक लगानीकर्ताले बताए ।

पछिल्ला केही दिनमा एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्यमा आएको गिरावट चर्को छ । केही दिनमा मात्र ३ हजार आसपासको एभरेष्टको सेयर मूल्य १००० नजिक आउन लागेको छ । तीन दिनमा लगानीकर्ताले गुमाएको यत्तिका धेरै सम्पत्तीका सम्बन्धमा बीमा समितिले बिचार गर्नु पर्दैन ? कि राजेन्द्र खेतानले उत्तर दिनु पर्दछ ।

धितोपत्र बोर्डले पनि कम्पनीको सेयर संरचनाको विषयलाई लिएर अघिल्लो आर्थिक वर्षको २० प्रतिशत बोनस अझै दर्ता गरेको छैन । जसका कारण कम्पनीको सेयर मूल्य धेरै तल आउँदा समेत लगानीकर्ताले बोनस सेयर बेच्न पाएका छैनन् ।

यस सम्बन्धमा बोर्डले भनेको छ, ‘प्रचलित व्यवस्था अनुसार कम्पनी सञ्चालन भए पछि हामीले सबै प्रकृया पुरा गर्ने हो । संस्थापक र साधारण सेयरको अनुपात मिलेर आए पछि मात्र बोनस सेयर दर्ता तथा हकप्रद निष्काशनलाई प्रकृयामा अघि लगिन्छ ।’ नत्र हामी स्वीकृत गर्देनौ यसले प्रस्टै छ, खेतान मोटाए लगानीकर्ता सडकमा पुग्ने भए ।

बोर्डका अनुसार बीमा समितिसँग एभरेष्टका सम्बन्धमा कुरा भएको छ । सेयर स्वामित्व अनुपात कार्यान्वायनमा नआएसम्म हकप्रद नआउने पक्का छ । अनुपात मिलान गर्ने विषयको समाधान नभएसम्म हकप्रदको आश गर्नु बेकार हुन्छ । हकप्रद आएको खण्डमा पनि कति, कहिले भन्ने विषयको प्रकृया फेरि सुरुवात गर्नु पर्ने हुन्छ । अब खेतानका लागि यो प्रक्रिया त्यति सजिलो छैन ।

खेतानको चर्को दादागिरी र व्यवस्थापनको कमजोरीकै कारण एभरेष्टका सेयरधनीको घरबार उठबास हुने निश्चित छ ।दोस्रो अनि अन्तिम विकल्प भनेको संस्थापक सेयरको लिलामी हो । कम्पनीले पूँजी बढाउनु पर्ने सन्दर्भमा यो विकल्प नै सबैभन्दा प्रभावकारी हुने देखिन्छ ।

केही समय अघि बैंक अफ काठमाण्डूले सर्वसाधारणको हिस्सा धेरै भएको भन्दै संस्थापक सेयरको एफपीओ गर्ने निर्णय गरेको थियो । तर त्यस्तो व्यवस्था नभए पछि उसले अन्तिम समयमा बाध्य भएर संस्थापक सेयर लिलाम गर्नु परेको थियो । त्यसैले अब एभरेष्टले पनि अहिलेको सेयर संरचनालाई ४९ प्रतिशत हुने गरी थप ५१ प्रतिशतले गणना हुन आउने सेयर लिलाम गर्नु पर्ने हुन्छ । यो पनि तत्कालै सम्भव छैन ।

यसरी सेयर लिलाम गरे पछि मात्र उसको विगतको बोनस सूचिकरण हुनेछ । अनि त्यस पछि अपुग पूँजी हकप्रदबाट पुर्याउने बाटो खुल्ला हुन्छ । यस आधारमा उसले झण्डै १४ करोड रुपैंया बराबरको सेयर लिलाम गर्नु पर्ने हुन्छ । त्यस पछि उसको चुक्ता पूँजी २७ करोड हाराहारी पुग्नेछ । एक अर्ब पूँजी पुर्याउन उसले धेरैमा ३ सय प्रतिशत हकप्रद बिक्री पर्ने प्रस्टै देखिन्छ ।

एभरेष्ट इन्स्योरेन्सले ६ सय प्रतिशत हकप्रद स्वीकृत गरिदिन बीमा समितिसँग आग्रह गरिरहेको छ । हकप्रद निष्काशन पछि ५१ प्रतिशत संस्थापक सेयर लिलाम गर्ने प्रतिबद्धता सहित कम्पनी बीमा समितिको शरणमा गए पनि बिमा समितिले प्रक्रिया नपुगेकाले यस्तो गर्न नमिल्ने उत्तर दिएको एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम भन्छन् ‘हामी हाम्रा सेयरधनीप्रति पूर्ण जिम्मेवार छौं ।

आजका दिनमा पनि हामीले प्रस्ताव गरेको हकप्रद निष्काशन गर्न हामीलाई समस्या छैन । तर हामीलाई कसरी अघि बढ्ने भन्ने प्रष्ट मार्ग्निर्देश बिना कडाई गरिँदा समस्या उत्पन्न भयो । गौतमले भने लगानीकर्ता ठगिरहेका छन् । उनी खेतानको पक्षमा निर्णय गर्न आतुर रहेको एक सञ्चालकले राजतिलक साप्ताहिकसँग बताए ।

अहिले दिनहुँजसो एभरेष्ट इन्स्योरेन्सका प्रतिनिधि बीमा समिति धाईरहेका हुन्छन् । तर जति दौडधुप गरे पनि हाता लाग्यो शुन्य भनेजस्तै देखिन्छ । बीमा कम्पनी सञ्चालनमा नेतृत्वदायी भुमिकाका लागि बीमा समितिले संस्थापक खोज्नुलाई नराम्रो मान्न सकिन्न । जनताको पैसामा लुट मच्चाउने खेतानकै कारण बिमा समितिले सहजै ६०० प्रतिशत शेयर बेच्न दिने पक्षमा छैन । यो प्रस्टै छ । रातिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा