चार करोडको लागतमा पक्की कुलो
जिल्लाको एकतप्पामा पक्की कुलो निर्माण धमाधम भइरहेको छ । एकतप्पाको रूपटार, पितामरूङ, खम्वुवा, दोकानडाँडा, हाङमासुली लगायतका क्षेत्रलाई समेट्ने गरी रु चार करोडको लागतमा पक्की कूलो निर्माण भइरहेको हो । आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानका लागि उक्त कुलो बरदान साबित हुने भएको छ । सिँचाइ विकास डिभिजन कार्यालयले सो कुलो निर्माण गर्न लागेको हो । […]