• होमपेज
  • समाचार
  • श्वेत गंगा हाइड्रोपावर, तल्लो लिखु जलविद्युत आयोजना ५ वाणिज्य बैंक 

श्वेत गंगा हाइड्रोपावर, तल्लो लिखु जलविद्युत आयोजना ५ वाणिज्य बैंक 

  • मङ्लबार, फाल्गुन १५, २०७४
श्वेत गंगा हाइड्रोपावर, तल्लो लिखु जलविद्युत आयोजना ५ वाणिज्य बैंक 

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. ले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लि. को अगुवाईमा जम्मा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी आज कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ५ अर्ब ५९ करोड रहेको छ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७३ साल पौष १४ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७२ साल चैत्र २८ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् । उक्त आयोजनाको लागि सहभागी बैंक तथा वित्तीय संस्थाहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेको छ ः

– लक्ष्मी बैंक लि.को रु.१ अर्व २४ करोड ।
– कुमारी बैंक लि.को रु.१ अर्व ।
– सेन्चुरी कमर्शियल बैंक लि.को रु.७५ करोड ।
– प्रभु बैंक लि. को रु.४० करोड ।
– जलविद्युत लगानी तथा विकास कम्पनी लि. को रु.८० करोड ।

उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. ले झण्डै १७०.८४ गेगावाटआवर ९न्ध्ज० विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार