• होमपेज
  • समाचार
  • भूमाफिया गुरुङद्वारा सरकारी जग्गा कब्जा

भूमाफिया गुरुङद्वारा सरकारी जग्गा कब्जा

  • शुक्रबार, फाल्गुन १८, २०७४
भूमाफिया गुरुङद्वारा सरकारी जग्गा कब्जा

सुन्दा पनि अचम्म लाग्ने भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङ, श्रीमती सावित्री गुरुङ्ग र डा. सोभाकान्त ढकालले सरकारी जग्गा आफ्नो नाममा पास गरेको भेटिएको छ । प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गमध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ र डा. सोभाकान्त ढकालले आफ्नो दर्ता गरेर भाटभटेनीको नाममा टहरो बनाई गोदाम राखेका छन् ।

नापी विभाग, मालपोत कार्यालयका भ्रष्ट कर्मचारीहरूसँग मिलेमतो गरेर करिब आनाको ८० लाख पर्ने सो बहुमूल्य जग्गा करिब दुई वर्ष अगाडि मीन बहादुर र उनकी श्रीमतीको नाममा ५० रोपनी र डा. सोभाकान्त ढकालको नाममा ३० रोपनी सरकारी जग्गाको पूर्जी बनाएको फेला परेको हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को पैसा ब्याजमा लिएर देशभरी भाटभटेनी सुपरमार्केट स्थापना गरी चिनियाँ सस्ता सामान महंगोमा बिक्री गरेर जनतालाई ठगी गर्दै आएका मीनबहादुर गुरुङले भूमाफियाको मिलेमतोमा सरकारी जग्गा हडप्न थालेपछि स्थानीयवासीले उनी र उनका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएको फेला परेको छ ।

सभामुखको निवाससँगै जोडिएको सो जग्गा आफ्नो नाममा गर्न भूमाफिया गुरुङले भूमिसुधार तथा प्रर्वमन्त्रीसम्मलाई प्रभलोपनमा पारेको स्रोतको दाबी छ । एउटा सानो किराना पसलबाट १०/१५ वर्षमा अर्बपति गुरुङ बन्नुको भित्री रहस्य के हो, यसको चासो पाठकलाई हुनसक्छ । रातारात सरकारी जग्गा कसरी आफ्नो नाममा ल्याए ?

मीन बहादुर गुरुङले १०/१५ वर्ष अगाडि एउटा सानो किराना पसल सञ्चालन गरे । पछि बुटवलका सोभाकान्त ढकालसँग भेट भएपछि उनीहरू मिलेर नुर समसेर राणाको नेतृत्वमा कुमारी बैंक स्थापना गरे । जुन बेला माओवादीले जनयुद्धको सुरुवात गरेको थियो । पछि गिरिजा बाबुले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि मीन बहादुरको सम्पर्क अजयराज पराजुली (सुमार्गी) सँग भयो ।

सुमार्गीमार्फत् प्रचण्डलाई भेटेका गुरुङले सबैजसो प्रचण्डको पैसा ब्याजमा लिएर भाटभटेनी सुपरमार्केट नामको ठगी धन्दा सुरु गरे । अहिले सो भाटभटेनी प्रायः नेपालका प्रमुख शहरहरूमा सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा ठाउँठाउँमा घरै बनाई सञ्चालन गरेको भेटिएको छ । सुन्दा अचम्म लाग्ला तर सत्य हो । कुनै जमानामा गुरङ कुमारी बैंकका अध्यक्ष पनि थिए भने ढकाल सञ्चालक अझै छन् ।

सो बेला बैंक तहसनहस भएको थियो । र बैंकले अझै राम्रोुसँग खुट्टा टेक्नसमेत सकेको छैन । शाखा छैन, ८ अर्ब अझै पुगेको छैन भने खराब कर्जा ४ प्रतिशतभन्दा ज्यादा छ । कुमारी बैंक डुबाएपछि घरजग्गामार्फत् ठगी गर्दै आएका गुरुङ र डा. ढकालले सरकारको सम्पत्ति रातारात भूमाफियासँग मिली आफ्नो नाममा बनाए तर सरकार कारबाही गर्दैन । अहिले स्थानीयवासीले विरोध गरेपछि गुरुङ र डा. ढकालका विरुद्ध उजुरी अख्तियार र सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागमा पुगेको छ ।

भूमाफियाद्धय गुरुङ र डा. ढकालले ८० रोपनी सरकारी बहुमूल्य जग्गा हडपेपछि अहिले ओली सरकारले चासोसमेत देखाएको स्रोतको दाबी छ । यी गुरङ र ढकालले १० रोपनी जग्गा एनआरएनएलाई बिक्री गरेपछि अहिले बालुवाटारमा एनआरएनएको भवन बन्दैछ । रातारात सम्पत्ति हडप्ने गुरुङ र ढकालबारे अब छानबिन हुन गरुरी छ । भाटभटेनी सुपरमार्केटमा आगो लगाई विगतमा कर छलीसमेत गरेका गुरुङले चिनियाँ र कमसल सामान ल्याई महंगोमा बिक्री गरेको फेला परे पनि अझै कारबाही भएको छैन ।

शक्ति र सत्ताको साँचो आफूसँग रहेको बताउँदै हिँड्ने भाटभटेनीका मालिक गुरुङमाथि राज्यले कारबाही नगर्ने हो भने भोलि फेरि सरकारी जग्गा बाँकी नरहने केही भन्ने शंका उब्जिएको छ ।

विगत ५÷६ वर्ष अगाडि छोराको विवाह गरेका गुरुङले विवाह पार्टीमा मात्रै एक अर्ब खर्च गरेका थिए । तर उनले सो बराबरको कर तिरेको भेटिएको छैन । शक्ति र सत्ताको साँचो मै हुँ भनी पत्रकारलाई जवाफ दिने गुरङमाथि अब कस्तो छानबिन हुने हो, त्यो भने हेर्न बाँकी नै छ । एमालेमा विवाद फेरि चर्कियो गत चुनावमा दुवै सदनमा पहिलो पार्टी बनेको नेकपा एमालेभित्र मन्त्री बन्ने र बनाउने बीच चर्को विवाद सुुरु भएको छ । पार्टीभित्र दर्जनौं हस्तीहरूले मन्त्री बन्ने आकांक्षा राखे पनि पद नपुग्ने भएपछि विवाद चुलिएको हो ।

प्रधानमन्त्री केपी शर्मा वलीले पार्टीभित्रका हस्तीहरूलाई पछाडि राख्दै अर्थविद् तथा पूर्व गभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि ओली पक्षकै दर्जनौं नेता माधव नेपाल र धmलनाथ खनालसँग हारगुहार गर्दै पुगेको स्रतोतको दाबी छ । एक एमाले नेताले राजतिलक साप्ताहिकसँग बोल्दै भने, ‘पार्टीमा संघर्ष गरेका, पार्टीको नाममा जीवन सुम्पिएका, नेल–नेल खाएका नेताहरूलाई बाइपास गरी विज्ञको नाममा बाहिरबाट सभासद् नै निश्चित नभएकालाई मन्त्री बनाउनु गलत हो । एमालेभित्र दर्जनौं अर्थविज्ञहरूलाई पार्टी नेतृत्वले नबुझेको हो ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै गुटका नेताहरूलाई समेत बेवास्ता गरेपछि माधव नेपालको गुट बलियो बन्दै गएको छ । माधव नेपाल गुटले उपाध्यक्ष भीम रावल र योगेश भट्टराईलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखे पनि अध्यक्ष ओलीले बेवास्ता गरेपछि एमालेभित्रको विवाद सतहमा आएको हो ।

एकातिर पार्टी एकीकरणको कुरा छ, अर्कोतिर माओवादीबाट यति, एमालेबाट यति मन्त्री कति उचित होला ? ती नेताले प्रश्न गरे । अर्को पक्ष के हो भने संविधान संशोधन गर्ने सर्तमा फोरमका उपेन्द्र यादवसमेत मन्त्री बन्ने भएपछि एमालेभित्र अर्को रडाको सुुरु भएको छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार