• होमपेज
  • समाचार
  • सिटिजन्सद्वारा आर्थिक सहयोग प्रदान

सिटिजन्सद्वारा आर्थिक सहयोग प्रदान

  • मङ्लबार, फाल्गुन १५, २०७४
सिटिजन्सद्वारा आर्थिक सहयोग प्रदान

“योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान,प्रविधि,साहित्य,धर्म,इतिहास,भूगोल,स्वास्थ्य,वातावरण,यौन,कृषि , पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन तत्पर रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई रू पचास हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

आज आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू पचास हजारको चेक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद पोखरेललाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण,व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी गराए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले युवा पुस्तामा पुस्तक पढ्ने बानिमा ह्राश आउँँदै गरेको अवस्थामा समयानाकुल प्रविधिको उपयोग गरी पुस्तकालय संचालन गर्नु पर्ने कुरामा प्रकाश पार्नु भयो । दक्ष जनशक्ति उत्पादनका निम्ति यस्ता कार्यहरु प्रसंशनीय रहेको कुरा जाहेर गर्नु भयो । कार्यक्रममा बोल्दै पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले अब आउने दिनमा पुस्तकालयलाई अझै ब्यवस्थित र प्रविधि संग संगै चल्न अहोरात्र लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा