• होमपेज
  • समाचार
  • सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

  • शनिबार, फाल्गुन १९, २०७४
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ ।

चालु आर्थिक वर्ष ०७४÷७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाले जनाएको छ ।

यो संख्या गत आर्थिक वर्ष ०७३÷७४ को ६ महिनाको अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । केही वर्षअघिसम्म कृषिजन्य उद्योग न्यून संख्यामा मात्र दत्र्ता हुँदै आएकोमा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी सहज गरेपछि कृषिजन्य उद्योगको दर्तामा वृद्धि भएको सो कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार