आचारसंहिता उल्लंघन गरे उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको चेतावनी
निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीत पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए उम्मेदवारी रद्द गर्ने चेतावनी दिएको हो। आचारसंहिताविपरीत त्यस्ता कामहरु भइरहेको भन्ने गुनासो आएपछि आयोगले विज्ञप्ति जारी गर्दै नियमअनुसार १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारीसमेत […]