• होमपेज
  • समाचार
  • जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता

  • सोमवार, भदौ १८, २०८०
जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता

जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेको हो । कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन जाने जोकोहीलाई कम्पनीले चन्द्रागिरी केवलकारको टिकट निःशुल्क गरिदिएको छ ।

यस्तै, अतिरिक्त अफरहरु समेत घोषणा गरेको छ । जसअन्तर्गत जन्मदिन मनाउन चन्द्रागिरी पुग्ने व्यक्तिलाई स्वीङ र जीपलाइन खेल्दा ५० प्रतिशत छुट हुनेछ । चन्द्रागिरी पछिल्लो समय काठमाण्डौ र आसपासका बासिन्दाका लागि राम्रो पर्यटकीय गन्तव्य बनेको छ । केवलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न चाहने, विभिन्न खेलहरुको मज्जा लिन चाहने तथा सपरिवार स्तरीय रिसोर्टमा बसेर प्राकृतिक आनन्द लिन चाहनेहरुका लागि यो गन्तव्य चर्चित बनिरहेको छ ।

चन्द्रागिरी हिल्स लिमीटेड सेयर बजारमा समेत सूचीकृत कम्पनी हो । यो कम्पनीको दोश्रो बजार मूल्य हाल प्रतिकित्ता १२३५ रुपैयाँ रहेको छ । पर्यटकीय चहलपहल बढेसँगै यो कम्पनीको पछिल्लो समयको वित्तीय अवस्थामा समेत सुधार हुँदै गएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा