• होमपेज
  • समाचार
  • लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

  • मङ्लबार, माघ २, २०८०
लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सन्राइज बैंकको सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि