• होमपेज
  • देश
  • नेशनल लाइफ इन्स्योरेन्सले पायो ४ सीओटी, ग्लोबल कन्फ्रेन्समा सहभागी हुने योजना

नेशनल लाइफ इन्स्योरेन्सले पायो ४ सीओटी, ग्लोबल कन्फ्रेन्समा सहभागी हुने योजना

  • बुधबार, माघ ३, २०८०
नेशनल लाइफ इन्स्योरेन्सले पायो ४ सीओटी, ग्लोबल कन्फ्रेन्समा सहभागी हुने योजना

नेशनल लाइफ इन्स्योरेन्सबाट कोर्ट अफ द टेबल (सीओटी) २०२४ मा चार जना अभिकर्ता क्वालिफाइड भएका छन् ।

प्रकाश श्रेष्ठ, टंक बहादुर क्षेत्री, मोहन तिमिल्सिना र जीवनकुमार खत्री २०२४ का लागि सीओटी क्वालिफाइड भएका हुन् । सन् २०२३ मा कुल १ करोड २५ लाख १४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरि २०२४ का लागि सीओटी योग्य भएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार सीओटी योग्यभएका ४ अभिकर्तामार्फत् मात्रै ३ करोडभन्दा बढी प्रथम बीमाशुल्क आर्जन भएको छ ।
२०२४ कालागि सीओटी क्वालिफाइड भएका सानागाउँ ललितपुरका प्रकाश श्रेष्ठ हालसम्म ४ पटक सीओटी बनिसकेका छन् ।

२०६८ सालबाट बीमा क्षेत्रमा अभिकर्ताका रुपमा प्रवेश गरेका श्रेष्ठले १२ वर्षको अवधिमा उत्कृष्ट बीमा व्यसाय भित्र्याएका छन् । १० वर्ष लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) मा काम गरिसकेका श्रेष्ठ नेशनल लाइफमा २०७८ मा आबद्ध भएका हुन् ।

१२ वर्षे बीमा यात्रामाउनी चार पटक सीओटी र आठ पटक एमडीआरटी क्वालिफाइड भइसकेका छन्। सन २०२४ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा समेत सहभागी हुने उनको तयारी छ ।

‘यसअघि ग्लोबल कन्फ्रेन्समा सहभागी हुन प्रयास गरे पनि सफल हुन सकिएन’,उनले भने, ‘२०२४ को कन्फ्रेन्समा नेशनल लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्दै सहभागी हुने योजना छ ।’
साथै अभिकर्ताहरुका लागि एमडीआरटी ग्लोबल कन्फ्रेन्स महत्वपूर्ण र छुटाउन नहुने समेत उनको भनाइ छ । त्यस्तै, कम्पनीबाटै सन २०२४ कालागि अर्का अभिकर्ता टंक बहादुर क्षेत्री पनि सीओटी क्वालिफाइड भएका छन् । १५ वर्षे बीमा यात्रामा उनी चार पटक टीओटी र १० पटक सीओटी भइसकेका छन् ।

एलआईसी नेपालबाटै बीमा क्षेत्रमा प्रवेश गरेका क्षेत्रीले उल्लेख्य बीमा व्यवसाय भित्र्याएका छन् । नेशनल लाइफमा उनी एक वर्षअघि मात्रै प्रवेश गरेका हुन् ।

बीमितलाई बीमाबारे स्पष्ट बुझाउन सके बीमा गर्न सहज हुने उनी बताउँछन् ।

‘पछिल्लो समय बीमा क्षेत्रमा विकृति भित्रिरहेको छ, कम्पनीहरुले जोसुकैलाई पनि अभिकर्ताको कोड दिने प्रवृत्तिले गर्दा बीमा क्षेत्रमा अभिकर्ता पेशा बदनाम भएको छ’ उनले भने, ‘अभिकर्तामा बीमाको ज्ञान हुनु जरुरी छ, बीमितलाई बीमाको महत्वको बारेमा बुझाउन सक्ने हो भने बीमित स्वयंले म्याचुरिटीपश्चात् पनि बीमा गर्छन् ।’

उनको पनि सन् २०२४ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुने योजना छ । यसअघि हैदराबाद, जापान र दुबैको सम्मलेनमा सहभागी भइसकेका उनी सन् २०२४ मा दुबैमा हुने सम्मलेनमा समेत सहभागी हुने बताउँछन् ।

‘अभिकर्ताहरुकालागि एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन पाउनु सुवर्ण अवसर हो, तर नेपालको सन्दर्भमा ९९ प्रतिशत अभिकर्ताहरु एमडीआरटी योग्य भइकन पनि आफुलाई रजिष्टर गर्दैनन्’ उनले भने, ‘म तीन पटक यस्तो विदेशी सम्मेलनमा सहभागी भइसकेको छु ।

यस्ता खालका कार्यक्रममा सहभागी हुँदा अभिकर्ताको बोल्ने शैली, बिक्री गर्ने कलाजस्ता कुराहरु सिक्ने अवसर प्राप्त हुन्छ, जुन अभिकर्ताका लागि महत्वपूर्ण छ ।’

त्यस्तै, अर्का सीओटी क्वालिफाइड जीवनकुमार खत्रीको पनि सन् २०२४ एमडीआरटी ग्लोबल कन्फ्रेन्समा जाने तयारी छ ।

२०६९ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका खत्री १० पटक टीओटी क्वालिफाइड भइसकेका छन् । वर्षकालागि भने सीओटी क्वालिफाइड भएको उनी बताउँछन् ।
टोखा नगरपालिका–१० का खत्री ३ वर्षअघि मात्रै नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन् ।

यसअघि एकपटक मात्रै त्यस्तो सम्मलेनमा सहभागी भएका खत्री यसपटक नेशनल लाइफ इन्स्योरेन्सको तर्फबाट सहभागी हुने योजनामा छन् । अभिकर्ताहरु यस्ता सम्मलेनमा सहभागी हुन जरुरी रहेको उनले बताए ।
उता बुटवल शाखाका अभिकर्ता मोहन तिमिल्सिना पनि नेशनल लाइफ इन्स्योरेन्सबाट सन् २०२४ का लागि सीओटी क्वालिफाइड भएका छन् ।

कम्पनीबाट चार जना सीओटी र ८७ जना एमडीआरटी २०२४ का लागि योग्य भएका छन् । एमडीआरटी अन्तर्गत तीन तहको योग्यताक्रम निर्धारण गरिन्छ । पहिलो एमडीआरटी, दोश्रो सीओटी र तेश्रो टीओटी ।

सन् २०२३ मा कुल ४१ लाख ७१ हजार रुपैैयाँ प्रथम बीमाशुल्क संकलन गर्नेलाई एमडिआरटी, कुल १ करोड २५ लाख १४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्नेलाई सीओटी र कुल २ करोड ५० लाख २९ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्नेलाई टीओटी तहको सदस्यता वितरण गरिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि