नेपालगञ्जमा मोहम्मद डेको हर्षोल्लास
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगञ्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ । नेपालगञ्जका विभिन्न स्थान बेलुन, झण्डा, बत्तीसहित सिङ्गारिएका छन् । इस्लाम धर्मावलम्बीहरुले बिहानैदेखि शहरका चोक–चोकमा झाँकी र बाजागाजासहित प्रदर्शन गरिरहेका छन् । बाँकेका इस्लाम समुदायका धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन आग्रह गर्नुभएको […]