• होमपेज
  • देश
  • आईजीपी थापा क्षेत्रीकै लयमा डीआईजी पोखरेल

आईजीपी थापा क्षेत्रीकै लयमा डीआईजी पोखरेल

  • मङ्लबार, मंसिर ९, २०७७
आईजीपी थापा क्षेत्रीकै लयमा डीआईजी पोखरेल

इमान्दार, सक्षम एवं कर्तव्यनिष्ठ र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीहरुको कार्य सम्पादनबाट मात्रै प्रहरीप्रति आम नागरिकको विश्वास रहन्छ ।आम नागरिकको सुरक्षा भरोसा बन्दै गइरहेका प्रहरी महानिरीक्षक(आईजीपी) सैलेश थापाको पथमा डीआईजी विश्वराज पोखरेललाई नियाल्न थालिएको छ ।

आम नागरिकप्रति सधैँ विश्वासीलो, इमान्दार, सक्षम कर्तव्यनिष्ठ र शान्ती सुरक्षा अमनचयन कायम राख्न सफल प्रहरी अधिकृतमध्ये एक हुन् प्रहरी नायब महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेल ।

२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामा काम गरेर देश राष्ट्र र जनताका लागि सर्मपित हुन्छु भने भावका साथ पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

कानुनमा पोख्त पोखरेल नेपाल प्रहरीको हरेक युनिटमा बसेर उत्कृष्ट कार्यसम्पादन गर्ने भएका कारण उनी सधैँ इमान्दार, अनुशासित प्रहरी अधिकृतको रुपमा छवि बनाउन सफल भइरहे । उनै डीआईजी पोखरेल आफूले पाएको जिम्मेवारीलाई सधैँभरि इमान्दारीपूर्वक निर्वाह गर्न कहिले पछि हटेनन् । जबकि कठिनभन्दा कठिन जिम्मेवारीलाई समेत सधैँ अवसर र ज्ञान दक्षताका रुपमा विकास गर्न लागि परे ।

डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका र अनुभवले खारिएका, कानुनले खारिएका पोखरेल प्रहरी संगठनको नेृतृत्वमा पुग्दैछन् । संगठनले पनि यस्तै प्रहरी नेतृत्वको खोजी गरिरहेको छ ।

उनै प्रहरी नायब महानिरिक्षक हुन सधैँ प्रहरी कर्मचारीलाई आम नागरिकको सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न निदृष्ट लागिपरे । काठमाडौँ, मोरङ, सङ्खुवासभामा सफल निर्वाचन सम्पन्न गर्ने उनै डीआईजी यतिखेर चर्चाको शिखरमा छन् ।

प्रहरी प्रशासन शाखा बसेर काम गरेको अनुभव सम्हालेका, काठमाडौँ प्रहरी परिसरमा रहँदा आम नागरिकका बीच हाईहाई समेत कमाउन सफल, राजधानीको शान्ती सुरक्षामा पोखरेलले कुनै कसुर बाँकी राखेनन् ।

उनै पोखरेलले महानगरीय प्रहरी कायालय रानीपोखरीमा आएको दुई महिनाभित्रमै जवान हबल्दारहरुको मेस सुधार कार्यमा सोचे अनुरुप काम गर्न सफल भएका छन् ।

सुशासनको प्रतिवद्धता अगुवाइ गर्न सुशासनको आधारभूत कुराहरु कानुनी शासन, निष्पक्षता पारदर्शिता, समानता, व्यवसायिक र इमान्दारीको विकास गर्नमा पोखरेल सधैँ लागिपरे ।

प्रहरीको व्यवसायीकतालाई सुधार गर्न मेस, आचरणसँगै धेरै कुरा क्रमशः सुधार गर्दै जानुपर्ने पोखरेलको भनाइ छ । अधिकृतदेखि जवान सबैजना सँगै बसेर खाना खादा आत्मीयता बढ्ने भावना रहेका पोखरेल संगठनको पद्धतिमा रहेर एक अर्काको सम्मान गर्ने परम्परा बसाल्न आयश्यक रहेको बताउँछन् । नेपाल प्रहरीको अत्यन्तै अनुभवी र कुशल नेतृत्व नेपाल प्रहरीले पाउदै छ ।

आम नागरिकले पनि शान्ति सुरक्षा र कुशल प्रहरी प्रशासनको प्रत्याभूति गर्न यी र यस्ता कुशल भावी प्रहरी महानिरीक्षकमा देखन्न चाहेको एक पुर्व महानिरीक्षकहरू बताउँछ । देशको स्थाई शान्ति सुरक्षा र देशको समग्र विकासमा कुशल ईमानदार नेतृत्व प्रहरीहरूमा हुनपनि जरूरी छ ।

विधिको शासनलाई कायम राख्न पनि बर्तमान संगठन प्रमुख जस्तै भावी नेतृत्वको लागि सक्षम प्रहरी महानिरीक्षक देशले खाजेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि