• होमपेज
  • मनोरञ्जन
  • बेलायतबाटै दिप्पाले ल्याइन् यो जिन्दगीको भिडियो

बेलायतबाटै दिप्पाले ल्याइन् यो जिन्दगीको भिडियो

  • बुधबार, मंसिर १०, २०७७
बेलायतबाटै दिप्पाले ल्याइन् यो जिन्दगीको भिडियो

बेलायतमा हुर्के बढेकी भएता पनि  दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । ५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आफ्नो मातृभाषा सँधै बचाइराख्नुपर्छ भन्ने पक्षमा सछन् । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन ।

अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित गर्ने अपेक्षाबिच दिप्ताको स्वरमा रहेको म्यूजिक भिडियो  “यो जिन्दगी”को संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत डा।दुर्गावहादुर सुवेदीले सार्वजनिक गरे लगत्तैबाट चर्चा सुरु भएको छ ।
दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ ।

दिप्ताकै अभिनय रहेको भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठले ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार