• होमपेज
  • समाचार
  • काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ

काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ

  • सोमवार, मंसिर ८, २०७७
काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ

प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ । चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त हुनुभएका ओझाको कार्यकाल गत कार्तिक ८ गते सकिएको हो ।

बिदाइ कार्यक्रममा ओझाले तत्कालीन अध्यक्ष बोर्णबहादुर कार्की र निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको संस्थागत श्रीवृद्धि र कर्मचारीको वृत्तिविकासका लागि सक्रियतापूर्वक कार्य भएको स्मरण गर्नुभयो । सोचेजति काम गर्न सकिएन कि भन्ने लागिरहेको बताउँदै उहाँले आफ्नो कामको मूल्याङ्कन इतिहासले गर्ने धारणा राख्नुभयो ।

काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ओझा सरल, सहज स्वभावका रहेको स्मरण गर्दै सहकार्यमा समस्या उठाए पनि समाधानका उपायसमेत दिने गरेको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले ओझा बौद्धिक, कुटनीतिक शैली अपनाउन सक्ने, काम गर्न सरल, सहज र तर्कसहित प्रस्तुत हुने व्यक्ति भएको बताउनुभयो । २ वर्ष २ महिना सँगै सहकार्य गरेको स्मरण गर्दै उहाँले ओझामा संस्थागत रूपमा राजनीतिक आस्थाभन्दा माथि रहेर काम गर्ने क्षमता रहेको विश्लेषण गर्नुभयो ।

प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष सुरेन्द्र मल्लले सदस्य ओझाले कर्मचारीका समस्या र गुनासालाई सौहार्दपूर्ण रूपमा बोर्डमा राखिदिने गरेको बताउनुभयो ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा काउन्सिल सदस्यहरू चेतनाथ धमला, दीपक पाण्डे, दुर्गा भण्डारी, संगीता खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सह–प्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उप–प्रशासकीय अधिकृत रामशरण बोहरा, उप–प्रशासकीय अधिकृत राधेश्याम अधिकारी, शाखा अधिकृत गीता पराजुली, शाखा अधिकृत रामेश्वर पराजुली र शाखा अधिकृत विष्णु शर्मा लम्साल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि