• होमपेज
  • समाचार
  • राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ को लोकार्पण

राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ को लोकार्पण

  • सोमवार, कार्तिक २४, २०७७
राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ को लोकार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा आज ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा पुस्तकको लोकार्पण गर्नुभएको हो । दूतावासले विपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा प्रकाशन गरेको पुस्तकले गान्धीका बारेमा पहिलो पटक नेपाली दृष्टिकोणलाई सङ्कलन गरेको छ ।

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वको विचारलाई पुस्तकमा समावेश गरिएको छ । प्रकाशनले नेपालका युवालाई महात्मा गान्धीबारे अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा