• होमपेज
  • समाचार
  • झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

  • सोमवार, कार्तिक २४, २०७७
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।

कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पु¥याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ । ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु दुई हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो ।

पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पु¥याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो । ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन् ।

आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लट्न मानव तस्करहरु सक्रिय भइरहेका बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि