मनोरञ्जन

‘तिमीलाई सन्देश’ सार्वजनिक
मनोरञ्जन
‘तिमीलाई सन्देश’ सार्वजनिक
  • ३ years अगाडि

दशैँ-तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको  परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक भएको छ  l सार्वजनिक गीतमा सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाईलीको स्वर सुन्न सकिन्छ। भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो l जसमा निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l भिडियोमा गीतका गायक समेत रहेका हेमन्त कान्छा र रेनु पुन मगरले अभिनय गरेका छन्।  भिडियोमा परदेशी युवकले दशैं-हारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश व्यक्त भएको छ l खासगरी आफ्नी अर्धाङ्गिनी र बाबुआमालाई पत्र […]

तेश्रोछोटोचलचित्र”बेरोजगारी पिडा”
मनोरञ्जन
तेश्रोछोटोचलचित्र”बेरोजगारी पिडा”
  • ३ years अगाडि

हालको परिस्थितिलाई मध्यनजर गर्दै समाजमा परेको बेरोजगारी प्रतिको असरलाइ समेट्नेगरि हालै गान्धिभ प्रोडक्सन र एल.एण्ड.एन.मोडल एजेन्सीले आफ्नो तेश्रो छोटो चलचित्र “बेरोजगारी पिडा” रिलिज गरिएको छ।एस कथाका लेखक तथा निर्देशक रोमियो एन के (नितिन) ले भन्छन” हामी सम्पूर्ण काम र कामदारलाई सम्मान गर्नुपर्दछ” भन्ने मुल नाराका साथ उक्त चलचित्र बनाइएको हो ।  उक्त चलचित्रका मुख्य पात्रका रुपमा कलाकार  तथा समाजसेबी गान्धिभ सुवेदी का साथै मनिषा लकान्द्री,नुर भण्डारि,निशा कार्की,रेणु थापा ,बाल कलाकार को रुपमा लक्क्ष कर्ण रहेका छन भने रोमियो एन.के ( नितिन)आफू स्व्यंले पनि अभिनय गरेका छन । उक्त चलचित्रको छायांकन / सम्पादन  दिपक अधिकारीले गरेका छन भने श्रींगार पक्ष एलिजा महर्जनको रहेको छ । लकडाउन  खुकुलो भएसंगै उक्त चलचित्र सामाजिक दुरि कायम गर्दै ग्वार्को इमाडोल स्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट साथै आसपासका क्षेत्रमा छायांकन गरिएको छ। चलचित्र लाई गान्धिभ सुवेदी नामक युट्युब च्यानल बाट रिलिज गरिएको छ। सधै झैँ हाम्रो आर्को सानो प्रयासलाइ माया गरिदुनुहोला।

रबिना र अकेशा मेरो बाबा भन्दै
मनोरञ्जन
रबिना र अकेशा मेरो बाबा भन्दै
  • ३ years अगाडि

दशैंको छेको पारेर गीत आउने क्रम बाक्लएिको छ । यस्तैमा बाल गायीका रबिना बसेल बालापनको रसलिो स्वरमा मेरो बाबा भन्दै दशैं गति लीएर आएकी छिन् । चर्चीत गीतकार अम्बीका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । गीतको प्राबिधिक कार्य भने धुन कला केन्द्र बाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सीङ गरेका छन् । मिठो दशैं धुन संवेदनसील भाकामा निर्माण गरीएको यस गीतको आकर्षक भीडीयो पनि तयार गरीएको छ । गीतमा टीकटकमा चर्चीत रहेकी एवं म्यूजीक भिडीयोमा जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले प्रमुख अभिनय गरेकी छिन् । त्यसै गरी कलाकार रोबिन पोखरेल एवं ऋचा थापाले यस भिडीयोमा अभिनय गरेका छन् । भिडीयो निर्देशन भने मञ्जु बञ्जाडेले गरेकी छिन् । गीतलाई भवसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको छ ।