• होमपेज
  • म्यूजिक भिडियो
  • नर्वे बाट “त्यो रात” भन्दै आए गायक दया सिवाकोटी(भिडियो सहित)

नर्वे बाट “त्यो रात” भन्दै आए गायक दया सिवाकोटी(भिडियो सहित)

  • सोमवार, अशोज १९, २०७७
नर्वे बाट “त्यो रात” भन्दै आए गायक दया सिवाकोटी(भिडियो सहित)

नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ।  शब्द, संगीत तथा स्वर दया शिवाकोटीनै रहेको सार्बजनिक म्युजिक भिडियो युवा पुस्तालाइ लक्षित गरि बनाइएको छ। गायक दया सिवाकोटी पछिल्लो समयका उदयमान गायकको रुपमा सांगीतिक क्षेत्रमा परिचित छन्।

 विदेशमा बसेर पनि नेपाली गित संगीतको क्षेत्रलाइ फराकिलो बनाउँदै संगीतमा नै समर्पित गायक दया सिवाकोटी बहु प्रतिभाका धनि हुन् ।

केटि ओह, आमा बाबा, शिकारी, नडरा जस्ता थुप्रै गितहरु सार्वजनिक गरिसकेका गायक सिवाकोटी दरिलो स्टेज प्रस्तुतिले अझ परिचित बनेका छन्।  भारतको फिल्म सिटीमा समेत आफ्नो प्रस्तुति दिएका दया शिवाकोटीले नर्वेबाट नयाँ म्युजिक भिडियो ‘त्यो रात’ सार्वजनिक गरेका हुन् ।

अहिले नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका परिचित गायक दया शिवाकोटीले साइप्रसबाट सांगीतिक यात्रा सुरु गरेका थिए। भारतमा समेत संगीत अध्ययन गरेका उनले त्यसै बेला  ‘त्यो रात’ रचना गरेको कुरा उनि बताउछन ।  म्युजिक भिडियोमा नर्वेका एक जोडीले अभिनय गरेका छन् र जर्मन नर्वेजियन नागरिकले उक्त भिडियोको छायांकन गरेका थिए । नर्वेको प्राकृतिक सौन्दर्यतामा खिचिएको उक्त गित दया शिवाकोटीको आधिकारिक युट्यूब च्यानल मार्फत सुन्न र हेर्न सकिनेछ। भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि