पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’
‘रुनासुङ्गे, पुसापु, घुँयाली…’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उहाँ गीत भट्याउनुहुन्छ, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । यी शब्द र दृश्य ताराखोला गाउँपालिका–४ तारागाउँको परम्परागत ‘भदोरै सिस्नो खोस्ने […]