• होमपेज
  • प्रविधि
  • इन्फिनिक्सले Note 7 लन्च गर्यो : 48MP Quad क्यामेरा भएको यस स्मार्टफोन

इन्फिनिक्सले Note 7 लन्च गर्यो : 48MP Quad क्यामेरा भएको यस स्मार्टफोन

  • बिहिबार, साउन २९, २०७७
इन्फिनिक्सले Note 7 लन्च गर्यो : 48MP Quad क्यामेरा भएको यस स्मार्टफोन

युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको Note 7 सिरिज लन्च गरेको छ । इन्फिनिक्सको Note 7 सिरिजमा 48MP Quad क्यामेरा जडित छ र यसले कम प्रकाश भएको ठाँउमा पनि high detail फोटो खिच्छ । साथै यसमा MediaTek Helio G70 chipset / 6.95” HD+ Infinity-O display जडित छ । यस Note 7 सिरिजमा 4GB RAM छ भने 128 GB storage memory छ । Note 7 सिरिज अगस्ट १२, २०२० देखि बजारमा उपलब्ध छ । यस स्मार्टफोन हरियो, कालो र निलो गरेर तीन वटा मनमोहक रंगहरूमा उपलब्ध छ र यसको परावर्तनशील सिसालाई सूक्ष्म ढाँचाहरूले सुन्दर बनाएको छ ।

Note 7 मा 48 MP Quad camera जडित भएकोले प्रयोगकर्ताहरूले प्रकाशको मात्रा धेरै वा थोरै भएको र विशेष गरी कम प्रकाश भएको ठाँउमा पनि धेरै नै राम्रो (ultra-high-resolution) फोटो खिच्न सक्छन्, चाँहे त्यो सुन्दर सूर्यास्त हुँदै गरेको समय होस् या लाईट पछाडीको सडकको दृश्य; चाँहे त्यो सेल्फी होस् या रातको समयमा फोटो खिच्दा चाहिने हाइलाइटहरू । Note 7 डिटेल क्याप्चर गर्न तथा स्पष्ट र जीवन्त सौन्दर्यको भान हुने खाल्का फोटा खिच्न सक्षम छ ।

æNote 7 बजारमा ल्याउन पाउँदा हामीलाई गर्वको महसुस भएको छ । æNote 7 ले स्टाइलिश डिजाइन, ट्रेंडी प्रविधि र उच्च गुणस्तरको हार्डवेयर र सफ्टवेयर जस्ता शक्तिशाली फिचरका साथ प्रीमियम स्मार्टफोनको अनुभव दिने इन्फिनिक्सको विरासतलाई आत्मसाथ गरेको छ । æNote 7 त्यस्तो स्मार्टफोन हो जसले इन्फिनिक्सको प्राविधिक नयाँपनलाई समेटेको छ भने लक्षित उपभोक्ताहरूको सबै प्रकारको सामग्री हेर्न र सुन्न तथा उपलब्ध भएका सबै फिचरहरू चलाएर विस्तारित अनुभव लिने वास्तविक आवश्यकताहरूसंग मेल खाने खाल्को फिचर दिने हाम्रो चाहनालाई पुर्ती गरेको छ । यस्तै मुल्यमा आउने अरु स्मार्टफोनको दाँजोमा यस नयाँ प्रविधि भएको æNote 7 प्रयोग गरेर असीमित चमत्कारहरूको अन्वेषण गर्दा हाम्रो फ्यानहरू तथा प्रयोगकर्ताहरू दंग पर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं,” इन्फिनिक्स नेपाल ।

इन्फिनिक्सका लागि नवनियुक्त राष्ट्रिय वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड स्मार्टफोनको बिक्री वितरण पश्चात आवश्यक पर्ने सेवाहरूमा ध्यान दिने चासोका साथ यस स्मार्टफोनको नवीनतम संस्करणहरू बजारमा ल्याउन पाउँदा असाध्यै उत्साहित छन् ।

यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले 30fps, pixel2.8μm मा फ्ल्यास बिनानै कम प्रकाश भएको ठाँउमा पनि हरेक डिटेल र कलर क्यापचर गर्छ । अरु भन्दा पृथक रहेको यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले यस Note 7 लाई अन्य स्मार्टफोनहरूको भिडमा सबैभन्दा छुट्टै रहेको पहिचान दिन्छ । यहि बीचमा, यसमा AI Image stabilisation प्रविधि रहेको छ र प्रयोगकर्ताहरूले नाईट मोड (night mode) प्रयोग गरेर कम प्रकाश भएको अवस्थाहरूमा पनि ब्लर बिनाको फोटोहरू खिच्न सक्छन् ।

Note 7 ले सही तरिकाले हलचल र स्थिरताको पहिचान गरि यसलाई विस्तार तथा निर्मूल गर्दछ र गतीमा रहेको पोजहरूको पनि स्थिर तस्वीर खिच्दछ । यसले प्रयोगकर्ताहरूलाई धेरै गतीमा रहेको पोजहरू पनि ब्लर बिना खिच्न सहयोग पुर्याउछ । यसबाहेक, यसमा 16MP front क्यामेरा छ र यसको प्रयोगले एक सेकेन्डमा नै सेल्फीलाई एउटा राम्रो तस्विरमा परिणत गर्न सकिन्छ ।

6.95’’ HD + Infinity-O display / MediaTekHelio G70 CPU performance भएकोले यस Note 7 दैनिक काममा कुशल हुन चाहने र फोनमा गेम खेल्ने रुचाँउने प्रयोगकर्ताहरूका लागि उपयुक्त फोन हो । यस फिचरले फोनमा देखिने दृश्यको उत्कृष्ट अनुभव दिलाउँछ भने धेरै कार्य एकैसाथ सजिलै रुपमा गर्न सहयोग पुर्याउछ ; चाहे भिडियो कल गर्दा होस् या गेम खेल्दा वा मन पर्ने भिडियो हेर्दा होस् या अरु नै फिचर चलाउँदा । यसमा 5000mAh ब्याटरी भएकाले नै प्रयोगकर्ताहरूले धेरै समय सम्म फोन चलाउन सक्छन् । यसको 18W super-fast charge अर्को फिचर हो जुन उपभोक्ताहरूको द्रुत गतिको जीवनशैलीसंग मेल खान्छ ।

Facebook Comments

सम्बन्धित समाचार