• होमपेज
  • शेयर मार्केट
  • भदौ ४ बाट आईपीओ जारी गर्दै रिलायन्स लाइफ

भदौ ४ बाट आईपीओ जारी गर्दै रिलायन्स लाइफ

  • बुधबार, साउन २८, २०७७
भदौ ४ बाट आईपीओ जारी गर्दै रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । आज साउन २८ गते बुधबार आव्हान पत्र प्रकाशित गरेको हो ।

इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।  निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरू न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले इन्स्योरेन्स कम्पनीको आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा सम्पूर्ण सेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने इन्स्योरेन्सले सूचित गरेको छ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

त्यस्तै हाल १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । आईपीओ पश्चात कम्पनीमा शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत कायम हुनेछ । रिलायन्सको आईपीओ विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि