• होमपेज
  • अर्थ/वाणिज्य
  • उपत्यका भित्र अब प्रत्येक बैंकका ८ वटा शाखा मात्र खुल्ने

उपत्यका भित्र अब प्रत्येक बैंकका ८ वटा शाखा मात्र खुल्ने

  • बुधबार, भदौ ३, २०७७
उपत्यका भित्र अब प्रत्येक बैंकका ८ वटा शाखा मात्र खुल्ने

काठमाडौं उपत्यकाका निषधाज्ञ लागू भएपछि उपत्यका भित्र बाणिज्य बैंकहरुले ८ वटा शाखा खोल्ने भएका छन् । नेपाल बैंकर्स संघले एउटा बाणिज्य बैंकले काठमाडौंमा ५ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एक वटा शाखा खोल्ने सहमति गरेको जनाएको छ । एउटा बैंकले ८ उपत्यकामा आफ्ना ८ वटा शाखा खोल्ने सहमति संघका कार्यसमिति सदस्य तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतले आर्थिक न्युजडटकमलाई जानकारी दिए ।

बैंकहरुले आफ्ना सिमिति शाखा खोल्ने र कर्मचारीलाई पनि आलोपालो खटाउने रणनीति बनाएको पनि उनले जानकारी दिए । कर्मचारीहरुले कार्यालयको परिचयपत्र देखाएर आवत जावत गर्न पाउने व्यवस्था रहेकाले पनि लकडाउनमा भन्दा सहज हुने उनले अपेक्षा व्यक्त गरे । तर कोरोनाको जोखिम बढेकाले सकेसम्म डिजिटल कारोबारमा सहभागी हुन अपिल पनि गरे ।

राष्ट्र बैंकले निषेधाज्ञा अवधीमा बैंकिङ सेवा प्रवाहका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई पाँच बुदे निर्देशन जारी गरेको छ ।  राष्ट्र बैंक अनुसार विद्यिुतिय माध्यमबाट कारोबार गर्न नागरिकलाई प्रोत्साहन गर्ने, नगद झिक्ने र राख्ने तथा अत्यावश्यक सेवा खरिद बिक्रिका लागि एलसी लगायतका सेवा सुचारु राख्न भनेको छ ।

त्यस्तै, टीटी खोल्ने लगायतका सेवा प्रदान गर्न सिमित शाखाहरु सिमित अवधीका लागि खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । त्यस्तै, खुल्ने तथा बन्द रहने शाखाहरुको विवरण बैंकको वेभसाइटमा राख्नुपर्ने नियम पनि राष्ट्र बैंकले लगाइदिएको छ ।

अन्तराष्ट्रिय व्यापारसँग सम्बन्धी काम यस अवधिमा पनि नरोकिने उनले बताए । अन्तराष्ट्रि व्यापारका लागि बैंकहरु सबैले आफ्नो सेवा खुला राख्ने निर्णय भएको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि