• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभुु क्यापिटले ३ वर्षे निःशुल्क डिम्याट योजना सञ्चालनमा ल्यायो

प्रभुु क्यापिटले ३ वर्षे निःशुल्क डिम्याट योजना सञ्चालनमा ल्यायो

  • बुधबार, साउन १४, २०७७
प्रभुु क्यापिटले ३ वर्षे निःशुल्क डिम्याट योजना सञ्चालनमा ल्यायो

पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ डम्याट खाता सञ्चालनमा ल्याएको हो ।

सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।

https://dematapply.prabhucapital.com डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नं. पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।

यसका साथै क्यापिटलले ग्राहकहरुलाई डिम्याट खाताका सम्बन्धमा रहेका जिज्ञासा तथा समस्याहरुको सहजीकरण तथा निराकरण गर्ने अभिप्रायले भाइबर तथा फेसबुक पेज मार्फत ग्राहकहरुलाई परेका विभिन्न समस्याहरु जस्तै डिम्याट खाता सम्बन्धी जानकारी, नविकरण सम्बन्धी जानकारी, पासवर्ड रिसेट सम्बन्धी जानकारी तथा खाता ब्लक अनब्लक सम्बन्धी जानकारी तथा आवश्यक सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाएको हुँदा प्रभु क्यापिटलमा डिम्याट खाता खोल्ने ग्राहकले आगामी दिनमा एकदमै छिटो सेवा लिन पाउने व्यवस्था मिलाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि