• होमपेज
  • अर्थ/वाणिज्य
  • एउटै व्यक्ति सञ्चालक पनि अर्को संस्थाको सीइओ पनिः राष्ट्र बैंकको निर्देशनमा के छ हेरौं ?

एउटै व्यक्ति सञ्चालक पनि अर्को संस्थाको सीइओ पनिः राष्ट्र बैंकको निर्देशनमा के छ हेरौं ?

  • बिहिबार, अशोज १, २०७७
एउटै व्यक्ति सञ्चालक पनि अर्को संस्थाको सीइओ पनिः राष्ट्र बैंकको निर्देशनमा के छ हेरौं ?

नेपालका बैंक र बीमा कम्पनीहरुमा एउटै व्यक्ति एउटा संस्थामा सीइओ र अर्को संस्थामा सञ्चालक बनेको घटना प्रसस्त छन् ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले निर्देशन नै जारी गर्दै एउटा संस्थाको प्रमुख कार्यकारी भूमिकामा रहेको व्यक्ति अर्को संस्थामा सञ्चालक बन्न नपाउने भनिएको छ । तर, प्रभु बैंक लिमिटेड, शिखर इन्स्योरेन्स, सिटिजन लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, बीमा समिति, प्रभु क्यापिटलमा एउटै व्यक्ति दुबै तिर सञ्चालक पनि उच्च कर्मचारी पनि रहेको उनीहरुकै आधिरिक बेवसाईटमै देखिन्छ ।

हेरौं को कहाँ सीइओ, डिसीइओ, उच्च कर्मचारी वा सञ्चालकहरु छन् । कथा रमाईलो मात्रै छैन चाख लाग्दो पनि छ ।

 

बैंक र बीमा कम्पनीका अध्यक्षज्यूहरुको विश्वास पात्र भएपछि जताततै पैसै पैसा यता तलब उता भत्ता यो कस्तो बैकिङ्ग र बीमा हो कहाँ छ नियमक निकाय ? कहाँ छ राज्य ? शिखर इन्स्योरेन्स कम्पनीका सीइओ दिप प्रकाश पाण्डे, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक छन् । यस्तै प्रभु बैंक लिमिटेडका डिपुटी सीइओ मणीराम पोखरेल प्रभु लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक छन् । राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ बीमा समितिका सञ्चालक छन् ।

प्रभु बैंककै चिप अपरेटिङ्ग अफिसर दिनेश थकाली प्रभु क्यापिटल कम्पनी लिमिटेडका मेनिजिङ्ग डाइरेक्टर छन् । यी त पात्र मात्रै भए यस्ता दर्जनौ बैंक विकास बैंक र बीमा कम्पनीमा दोहोरो भूमिका पाएका सयौं छन् ।

बैंक र बीमामा गरिब र निमुखा जनताको शेयर छ । डिपोजिट छ तर, एउटै व्यक्तिले एकातिर तलब र अर्कोतिर भत्ता बुझ्ने गरेको देखिन्छ । तर, राष्ट्र बैंकले एउटा संस्थाको प्रमुख वा उच्च कर्मचारी अर्को संस्थाको सञ्चालक बन्न नपाउने निर्देशका नै जारी गरेको देखिन्छ । तर, लागु भएको छैन । कारण के हो । यो कसले हेर्ने हो ? मुलुक अर्थमन्त्री विहिन छ । अर्थमन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले नै चलाएका कारण अव यी र यस्ता दुवै हातमा लड्डु लिनेहरुलाई कारवाही हुनु जरुरी देखिन्छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा