• होमपेज
  • पर्यटन
  • भीडभाडमा मनाइयो भक्तपुरमा गाईजात्रा

भीडभाडमा मनाइयो भक्तपुरमा गाईजात्रा

  • मङ्लबार, साउन २०, २०७७
भीडभाडमा मनाइयो भक्तपुरमा गाईजात्रा

प्रत्येक वर्ष भाद्र कृष्ण पक्षमा मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो, भक्तपुर । यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकाका मात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन् ।

भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्ने गर्दछ । कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष गाईजात्रा पर्व विगत जस्तो उत्सवमय हुन पाएन । तर पनि आज मनाइएको भक्तपुरको गाईजात्रा पर्वमा ठूलै भीडभाड देखिएको थियो ।

कोरोना भाइरस सङ्क्रमण रोक्न भीडभाड नगरी सामान्य रुपमा औपचारिकतामा मात्रै गाईजात्रा मनाउन नगरपालिकाले आह्वान गरे पनि ठूलै भीडभाड देखिएको थियो । आज बिहान भक्तपुरमा निकै भीडभाड र बाक्लो उपस्थितिमा गाईजात्रा पर्व मनाइयो भने साँझ पनि उस्तै ठूलो भीडमा गाईजात्रा मनाइएको छ । दिउँसो भने विगत वर्षका तुलनामा केही कम मात्रै मानिसको उपस्थिति रहेको थियो । घिन्ताङ्घिसी नाचका साथै माक प्याख नाच, अन्य विभिन्न नाच र व्यङ्ग पनि प्रस्तुत गरिएको थियो ।

गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छ भने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन् । साथै मानिसलाई विभिन्न रुपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ ।

यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिन्छ । गाईजात्राको दिन भने अभिव्यक्ति स्वतन्त्रता थियो । आज भोलि पनि गाईजात्रामा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने परम्परा छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरामा प्रायः नेवारी समुदायले मनाउने गर्दछन् । यस वर्ष कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले भीडभाड गरेर जात्रा–पर्व नमनाउन सबै जन समुदायलाई अपिल गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि