• होमपेज
  • शेयर मार्केट
  • निषेधाज्ञाभर आईपीओ निष्काशन नहुने

निषेधाज्ञाभर आईपीओ निष्काशन नहुने

  • बुधबार, भदौ १०, २०७७
निषेधाज्ञाभर आईपीओ निष्काशन नहुने

निषेधाज्ञा कै बीच तीन वटा कम्पनीको आईपीओ निष्काशन हुँदा सफ्टवेयर सिष्टममा चाप परेपछि नेपाल धितोपत्र बोर्डले यो अवधिभर आईपीओ निष्काशन गर्न अनुमति नदिने भएको छ । निषेधाज्ञामा तीन वटा कम्पनीको आईपीओ निष्काशन हुँदा सफ्टवेयरमा परेको चाप र बैंक देखिएको भिडभाड कम गर्न आईपीओ निष्कासनमा स्थगन गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘अहिलेलाई १७ गतेसम्म आईपीओ निष्कासन नगर्न निर्देशन दिइएको छ,’ उनले भने ।

निषेधाज्ञाको बेलामा आईपीओ निष्काशन गर्दा बैंकमा भिडभाड देखिनुका साथै कोभिडको यो त्रासमा लगानीकर्ताले दुःख पाएको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो । ‘लगानीकर्ताले सेयर भर्न कै लागि कुनै दुःख नपाउन भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ‘ घरमै बसेर सेयर भरिदिए राम्रो हुन्थ्यो ।’ यद्यपि अनलाइन सिष्टमबाट सेयर भर्दा समेत सफ्टवेयरमा प्रेसर पर्यो ।’

एकै पटक धेरै आईपीओ आउँदा मेरो सेयरले लोड धान्न नसकेको सीडीएससीले बताएको छ । एक पटकमा पाँच लाखसम्म आईपीओ निवेदन आउने गरेको र त्यस्तो अवस्थामा कुनै चाप नपरे पनि यस पटक एकै समयमा १३ लाख युजर आएकाले सिष्टममा चाप देखिएको हो ।

यसै साता एकै समयमा लिबर्टी जलबिद्युत, रिलायन्स लाईफ इन्स्योरेन्स र समाज लघुवित्तको आईपीओ खुलेको थियो । १६ वटा कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डको पाइपलाइनमा बसेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार