• होमपेज
  • फिचर
  • प्रहरीमा बिदाई र बधाईको लहर

प्रहरीमा बिदाई र बधाईको लहर

  • शुक्रबार, चैत्र १६, २०७४
प्रहरीमा बिदाई र बधाईको लहर

भूपेन्द्र आचार्य | प्रहरी संगठन अहिले यस्तो जटिल अवस्थामा आइपुगेको छ कि जतिबेला नेतृत्वको लडाइँ चलिरहेको छ । त्योभन्दा ज्यादा एकैपटक २६ जना उच्च प्रहरी अधिकृतहरू घर फर्कंदैछन् । यसो हुँदा तल्लो तहका अधिकृतहरूको बढुवा र उनीहरूले जिम्मेवारी त पाउलान् तर, अनुभवी अधिकृतहरू नहुँदा प्रहरी संगठनलाई निकै ठूलो समस्या भने आउने छ ।

सुरक्षा कवचको रूपमा रहने प्रहरी संगठनमा अहिले अनुभवी अधिकृतहरूको अवकाशले सुरक्षामा चुनौती थपिन्छ कि भन्ने एक किसिमको आशंका पनि उब्जिएको छ ।

यसअघि पनि यस्तो नभएको त होइन । पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगै १३ जना उच्च अधिकृतले प्रहरी विभाग छाडेर एकैपटक घरसम्मको यात्रामा निस्किएका थिए ।

यसले सुरक्षा चुनौती थप्ने काम गर्छ । नयाँहरू आउनु राम्रो कुरा हो तर अनुभवका आधारमा यो त्यति राम्रो भने होइन । यसरी अनुुभवी अधिकृतहरू एकैपटक निस्कनु भनेको अपराधी, तस्कर, गुण्डाहरूको क्रियाशीलता बढ्नु हो । जसले अराजकता निम्त्याउँछ ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित १५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), नौ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) र एक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी विभागबाट सधैंको लागि बिदाई हुँदैछन् ।

यसले डिआईजीबाटै सोझै आईजीपी बन्ने सम्भावना एकदमै छ । प्रकाश अर्याललाई पनि डिआईजीबाटै आईजीपीको कुर्सीमा उक्लिएका थिए । प्रहरी प्रशासनको मियो गृह मन्त्रालयले हालसम्म कसैलाई पनि पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) नबनाइसकेकाले यसपटक पनि डिआईजीबाटै आईजीपी बनाइने सम्भावना बढेको हो ।

नेतृत्वको दौडमा कोको ?
नेपाल प्रहरीलाई बढी राजनीतिक हस्ताक्षेप हुने क्षेत्रको रूपमा पनि लिने गरिन्छ । राजनीतिको थ्रूबाट नै नेतृत्व छानिन्छ भनेर पनि कतिपयले आलोचना गर्ने गर्छन् ।

यतिबेला बेला डिआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा प्रमुखको दौडमा छन् । वरीयतालाई नै हेर्ने हो भने खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना एकै समय २०४६ माघ २९ गते प्रहरी निरीक्षक बनेका थिए ।

खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका थिए ।

खनाल र कार्कीसँगै इन्सपेक्टर बनेका थिए । २०४५ फागुन १ मा असईमा सेवा प्रवेश गरेका हुने रमेश खरेलले । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङमा व्यस्त रहेको स्रोतको दाबी छ । तर उत्तम कार्की भने डिआईजीको वरीयतामा चौथो नम्बरमा छन् ।

क्रमशः २०७५ फागुन १ र २०७५ असार ३० गते अवकाश पाउने रमेश खरेल र उत्तम कार्की दुवै जनाले प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । यी चारै जना सँगै डिआईजीमा बढुवा भएका हुन् । खनालभन्दा खरेल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने वरिष्ठतामा अगाडि थिए ।

एआईजी र डिआईजी कोको र कतिजना ?

यसपटक पनि डिआईजीबाटै आईजीपी बनाइने सम्भावना एकदमै बलियो छ । त्यस्तै एआईजीमा डिआईजीहरू उत्तम कार्की, धिरु बस्नेतलगायतको समूहबाट बढुवा हुनेछन् ।

अहिले डिआईजी एकैपटक १६ जना एआईजीमा बढुवा हुनेछन् । त्यस अवस्थामा २७ जना डिआईजीको पद रिक्त हुने पक्का छ । अहिले पनि १२ वटा डिआईजीको पद खाली छ ।

एकै पटक डिआईजीमा बढुवा हुने अवस्थामा एसएसपीहरू केदार रिजाल, विश्वराज पोखरेल, धिरजप्रताप सिंह, उत्तम सुवेदीलगायतको समूह रहेको छ । नेपाल प्रहरीमा हाल १२ डिआईजी, १७ एसएसपी, २३ एसपी, ४७ डिएसपी र झन्डै एक सय इन्स्पेक्टरको पद रिक्त छ । वर्षौंदेखि रोकिएको सईहरूको बढुवा पनि हुन सकेको छैन ।

चैत्र २८ गते अवकाश पाउनेहरू

आइजीपी
१. प्रकाश अर्याल

एआइजीहरू
१. बमबहादुर भण्डारी
२. जयबहादुर चन्द
३. देवेन्द्र सुवेदी
४. पशुपति उपाध्याय
५. केशरीराज घिमिरे
६. माधवप्रसाद जोशी
७. विजयलाल कायस्थ
८. कमलसिंह बम
९. मिङमार लामा
१०. रणबहादुर चन्द
११. विजयकुमार भट्ट
१२. मधुप्रसाद पुडासैनी
१३. पंकज श्रेष्ठ
१४. माधवप्रसाद नेपाल
१५. हेमन्तबहादुर पाल

डिआईजीहरू
१. गोविन्द्रप्रसाद निरौला
२. रोमेन्द्रसिंह देउजा
३. सुदीप आचार्य
४. गणेश केसी
५. केदारमानसिंह भण्डारी
६. रमेश भट्टराई
७. पुष्पचन्द्र रञ्जित
८. पुष्कल रेग्मी
९. भोगबहादुर थापा

एसएसपी
१. विष्णुहरि गौतम

एक आइजीपी र अरू एआइजीमा बढुवा हुनेहरू
१. सर्वेन्द्र खनाल
२. रमेश खरेल
३. पवन खरेल
४. मनोज न्यौपाने
५. धिरु बस्नेत
६. पुष्कर कार्की
७. उत्तम कार्की
८. छविलाल जोशी,
९. ज्ञानबिक्रम शाह
१०. शरद चन्द
११. ठूले राई
१२. सुरेशविक्रम शाह

२०७५ असारमा बिदा हुने डिआईजीहरू
१. उत्तम कार्की
२. शरद चन्द
३. छविलाल जोशी
४. पवन खरेल
५. ज्ञानविक्रम शाह

१२ डिआईजीका लागि प्रतिस्पर्धी एसएसपीहरू
१. केदार रिजाल
२. दिपककुमार थापा
३. शेरबहादुर बस्नेत
४. पिताम्बर अधिकारी
५. पूर्णचन्द्र जोशी
६. श्याम खड्का
७. रवीन्द्रप्रसाद शर्मा
८. कमलबहादुर जिटी
९. महेशविक्रम शाह
१०. सुभाषचन्द्र चौधरी
११. नारायणसिंह खड्का
१२. दानसिंह बोहरा
१३. सुरज केसी
१४. विकास श्रेष्ठ
१५. दिनेश अमात्य
१६. रामप्रसादश्रेष्ठ
१७. मोहनराज जोशी
१८. सुशीलकुमार भण्डारी
१९. महेन्द्रकुमार पोखरेल
२०. विनोद शर्मा घिमिरे
२१. प्रेम चन्द

१७ एसएसपीका लागि प्रतिस्पर्धी एसपीहरू
१. सहकुलबहादुर थापा
२.अरुणकुमार बीसी
३. विभूतिराज पाण्डे
४. दिलीपबहादुर बस्नेत
५. राजेन्द्रप्रसाद चौधरी
६. प्रकाश अधिकारी
७. राजेन्द्र ढकाल
८. शरदकुमार खत्री
९. पूजा सिंह
१०. सुशीलकुमार यादव
११. नरबहादुर खत्री
१२. हरिराज वाग्ले
१३. प्रदीपकुमार श्रेष्ठ
१४. वीरेन्द्रकुमार बस्याल
१५. शेखर कोइराला
१६. मसाउद आलम खाँ
१७. किशोरकुमार दाहाल
१८. भोजजंग शाह
१९. मोहनकुमार आचार्य
२०. देवबहादुर बोगटी
२१. नलप्रसाद उपाध्याय
२२. मुकुन्दराज आचार्य
२३. विक्रमबहादुर चन्द

२३ एसपीका लागि प्रतिश्पर्धी डीएसपीहरू
१. दीपकराज खरेल
२. सोमेन्द्रसिंह राठौर
३. आभूषण तिम्सिना
४. भूपेन्द्र खत्री
५. शेखर खनाल
६. गंगा पन्त
७. प्रवीण पोखरेल
८. विनोद सिलवाल
९. दीपशमशेर जबरा
१०. रवीन्द्र रेग्मी
११. बेलबहादुर पाण्डे
१२. ओम अधिकारी
१३. विश्व अधिकारी
१४. रमेशकुमार बस्नेत
१५. तारादेवी थापा
१६. वसन्त रजौरे
१७. भीमबहादुर दाहाल
१८. सानुराम भट्टराई
१९. अभिनारायण काफ्ले
२०. मुकुन्द मरासिनी
२१. रविकुमार पौडेल
२२. हीराबहादुर पाण्डे
२३. श्यामकृष्ण अधिकारी
२४. केदार खनाल
२५. दिनेशराज मैनाली
२६. वीरबहादुर ओली
२७. गोपालचन्द्र भट्टराई
२८. गोविन्द अधिकारी
२९. सविन प्रधान

कमजोर प्रहरी संगठन
नागरिकको सरक्षाको जिम्मा लिएको प्रहरी आफैं पनि असुरक्षित देखिएको छ । नेपाल प्रहरीको स्वीकृत दरबन्दी ७२ हजार ७ सय ३३ हो । तर प्रहरीले गृह मन्त्रालयलाई बुझाएको रेकर्डमा ६७ हजार मात्र छ । बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ र के गर्दै छन् भन्ने कुरा गृहलाई पनि थाहा छैन ।

तर तलब सुविधा भने साढे ७२ हजारको लागि नै जाने गरेको छ । गृह मन्त्रालयले सबै कर्मचारीको विवरण सात दिनभित्र पेश गर्न भनेर पत्र पनि काटिसकेको छ । रेकर्डमा नभएको अधिकांश हवलदार, सिपाहीँ रहेका छन् भने प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी निरीक्षक पनि रहेका छन् । तर ती कहाँ छन् र के गर्दै छन् कुनै जानकारी छैन ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)