• होमपेज
  • प्रविधि
  • नेपाल टेलिकमले ल्यायो ४० रुपैयाँसम्म व्यालेन्स सापटी लिने सुविधा

नेपाल टेलिकमले ल्यायो ४० रुपैयाँसम्म व्यालेन्स सापटी लिने सुविधा

  • शुक्रबार, चैत्र १६, २०७४
नेपाल टेलिकमले ल्यायो ४० रुपैयाँसम्म व्यालेन्स सापटी लिने सुविधा

नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको उद्घाटन गरे ।

नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले  प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने नमस्ते क्रेडिट नामक सेवा सुरु गरको हो ।

यस सेवाअन्तर्गत कम्पनीका ग्राहकले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सक्नेछन् ।

यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने बताइएको छ । सापटी लिएको रकम रिचार्ज गरेपछि काटिनेछ । टेलिकमका अनुसार सापटी लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

सेवा सुचारु र बन्द गर्ने तरिका
तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सीममा मात्र यो सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ ।

त्यसैगरी यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिने टेलिकमले जनायो ।

टेलिकमका अनुसार एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने छ ।

यस सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार